शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ (गोरखापत्र), पुस १७ गते । नेपाल भाषाको हिट चलचित्र ‘तिबः दी सपोर्ट’ नयाँ वर्ष सन् २०२६ को पहिलो दिन युट्युबमा रिलिज हुने भएको छ ।
चलचित्रको निर्मातामध्ये एक समिता रञ्जित श्रेष्ठले हलसम्म पुग्न नसकेका वृद्धवृद्धाले पनि यो चलचित्र हेर्न पाओस् भन्ने उद्देश्यसहित युट्युबमा राखिने बताउनुभयो । यो चलचित्रमा नयाँ पुस्ताको विदेश मोहका कारण ज्येष्ठ नागरिकको जीवनमा परेको प्रभावका विषय केन्द्रित रहेको छ ।
सो चलचित्र निर्माता तथा गायक सर्जु रञ्जितको युट्युब च्यानलबाट रिलिज गरिने छ । रवि सायमिले निर्देशन गर्नुभएको चलचित्रमा सुशील राजोपाध्याय, आशाकाजी थकु, सङ्घरत्न शाक्य, सरस्वती मानन्धर, मैया मुनिकार, सुनिता श्रेष्ठ, मनोज महर्जन, सृष्टि महर्जन, पुष्करभक्त माथेमालगायत कलाकारको अभिनय रहेको छ ।