धनकुटाको सहिदभूमि गाउँपालिका–३, पञ्चकन्यामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
नेपाली कांग्रेसले शान्ति संविधान र लोकतन्त्रका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको जनाएको छ।
श्रीलङ्कामा सेप्टेम्बर १५ देखि २७ तारिखसम्म आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबल टोली श्रीलङ्को कोलम्बो प्रस्थान गरेको छ ।
जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेलाई अस्पतालमा पुगेर भेट्नु भएको छ । विभिन्न अस्पतालमा घाइतेलाई भेट्नेक्रममा उहाँ मिनभवनस्थित सिभिल अस्पतालमा पुग्नुभएको हो ।
बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा आज एक शुभकामना सन्देश पठाएर उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल भ्रमणअघि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ ।
ताप्लेजुङमा पछिल्लो चार दिनदेखि लगातार लगाइएको निषेधाज्ञा र कर्फ्यु हटाइएसँगै जनजीवन सामान्य बनेको छ ।
संयुक्त राष्ट्रसङ्घले हालै दक्षिण सुडानमा बाढीका कारण एक लाखभन्दा बढी व्यक्ति विस्थापित भइसकेको जानकारी दिँदै, प्रभावित जनताको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गरेको छ ।
सप्तरीको राजविराजस्थित कारागारबाट भागेका एक कैदी मृत अवस्थामा फेला परेका छन् । सप्तरीको सप्तकोसी नगरपालिका –१० स्थित सन्तपुरका ४० वर्षीय सन्तोष तामाङ झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
भारतको दक्षिणी राज्य कर्नाटकको हसन जिल्लामा शुक्रबार राति एक सडक दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् ।
जेनजी आन्दोलनको क्रममा भागेको तुलसीपुर कारागारका ८३ कैदीबन्दी कारागारमा फर्केका छन्। २५३ मध्ये अहिलेसम्म ८३ कैदीबन्दीहरु कारागारमा फर्किएको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो ।
म्यानमाको पश्चिमी राज्य राखाइनमा भएको एक हवाई आक्रमणमा परी कम्तीमा १९ जना उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले ज्यान गुमाएका छन् ।
जेनजी पुस्ताका युवाहरूले आन्दोलन थालेको ठाउँबाट शनिबार बिहानदेखि सरसफाइमा जुटेका छन् । लहानको मुख्यचोक इलाका प्रहरी कार्यालयको अगाडि सडकमा टायर बालेर आन्दोलन थालेको ठाउँबाट सरसफाइमा जुटेका हुन ।
जेनजी युवाहरूको तोडफोड र आगजनीपछि विभिन्न कारागारबाट फरार भएका १६ जना कैदीलाई वडा प्रहरी कार्यालय लमही, दाङले पक्राउ गरेको छ।