पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा बुधबार बस र भ्यान ठोक्किदा मृत्यु हुनेको सङ्ख्या १४ जनाको पुगेको बताउँदै १६ जना घाइते भएको अधिकारीले बताएका छन् ।
नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा भिडभाड भएको बारमा आगलागी हुँदा धेरै जनाको मृत्यु र घाइते भएका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबिचको वार्ता सकारात्मक भएको बताउनु भएको छ ।
हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब नवौँ एनभिए कप भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका-१, लौकहीमा मध्यरातमा गोली लागेर रिक्सा चालकको मृत्यु भएको घटनामा स्थानीय प्रशासन र पीडित पक्षबिच पाँच बुँदे सहमति भएको छ ।
बेल्कोटगढी नगरपालिका, नुवाकोटको आयोजनामा १० औँ झिल्टुङ क्रस कन्ट्री दौड माघ १० गते हुने भएको छ ।
अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना र नेपाल तेक्वान्दो सङ्घसँगको सहकार्यमा दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिप शनिबार हुने भएको छ ।
ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकालाई बाल विवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ ।
स्विस आल्प्सको क्रान्स-मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीबार बिहान जनाएको छ ।
सर्लाहीमा एक सातापछि बिहीबार पारिलो घाम लाग्दा सर्वसाधारणले चिसोबाट राहत पाएका छन् ।
युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभूमि अफगानिस्तानमा फर्केको अधिकारीले जनाएका छन् ।
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।