शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जयकृष्ण यादव
इनरुवा, पुस १७ गते । सुनसरीको कोशी गाउँपालिका-१, लौकहीमा मध्यरातमा गोली लागेर रिक्सा चालकको मृत्यु भएको घटनामा स्थानीय प्रशासन र पीडित पक्षबिच पाँच बुँदे सहमति भएको छ ।
सहमति अनुसार सशस्त्र प्रहरीको गोली प्रहारबाट ज्यान गुमाउनु भएका कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको घटना छानबिन गर्न प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको संयोजकत्वमा समिति गठन भएको हो ।
बुधबार राति गोली हान्ने सशस्त्र प्रहरीलाई कारबाहीको माग गर्दै स्थानीयले सडकमा साहको शव राखेर प्रदर्शन गरेपछि बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको हो ।
सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कारबाही गर्ने उल्लेख छ । मृतककी श्रीमती र छोरालाई जागिर लगाउने र काजक्रिया एवम् क्षतिपूर्ति बापत सहयोग उपलब्ध गराइने छ ।

