• १७ पुस २०८२, बिहिबार

एनभिए कप : हेल्प नेपाल र पुलिस सेमिफाइनलमा

blog

बल रोक्ने प्रयास गर्दै हेल्प नेपाल र बुढानिलकण्ठका खेलाडी ।

काठमाडौँ, पुस १७ गते । हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब नवौँ एनभीए कप भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले २५–१३, २५–२३, २५–१८ को जित निकालेको हो । 

यस्तै अर्को क्वार्टरफाइनल खेलमा पुलिसले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालसँगको सेमिफाइनल भिडन्त पक्का गरेको हो । पुलिसले २५–१९, २५–१७, २५–१८ को नजिता निकालेको थियो । सेमिफाइनल खेल शुक्रबार हुने छ ।