जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी मेची भन्सार कार्यालय झापामा भदौ २४ गते आगजनी गरेपछि त्यसको असर निर्यात हुने चियामा परेको छ । भारत निर्यातका लागि भन्सारमा पुगेको २५ हजार किलो चिया पनि जलेर ध्वस्त भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्तिसँगै उपत्यकाको जनजीवन सामान्य हुँदै गएको छ । उपत्यकाका तीन वटै जिल्लामा यसअघि जारी गरिएको कफ्र्यु तथा निषेधाज्ञा आदेश शनिबारदेखि नै हटेको छ ।
जेनजी आन्दोलन हिंसात्मक बनेसँगै चार दिनदेखि ठप्प भएको सार्वजनिक यातायात क्षेत्र बिस्तारै लयमा फर्किएको छ ।
लुम्बिनी प्रदेशको प्रशासनिक तथा संसद् परिसर स्थानीय आन्दोलनरत पक्षले जनताको करबाटै बनेको भौतिक संरचना भन्दै जोगाएका छन् । प्रदर्शनकारीले नारा जुलुससहित प्रदर्शन गरे र राज्यका भौतिक संरचनामा क्षति पु¥याएनन् । जनताको करबाट बनेको संरचनाले कुनै गल्ती नगरेको भन्दै आन्दोलनरत पक्षले नै संरचना जोगाएका हुन् ।
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले बालबालिका राष्ट्रका उज्ज्वल भविष्य भएको बताउनुभएको छ। आइतबार ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनुभएको हो ।
काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ ।
गोरखाबाट ६ जना फरार कैदीबन्दी पक्राउ परेका छन् । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कास्की र तनहुँ कारागारबाट भागेका कैदीबन्दीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बुटवलको भाटभटेनीबाट आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान स्कुलले शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ ।
काठमाडौंमा भएको ‘जेन–जी’ आन्दोलनमा सहभागी हुँदा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका वीरगञ्जका युवाको शनिबार वीरगञ्जमा आफ्नै धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले शनिबार मुख्यमन्त्रीसहित सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाएको छ ।
जेनजी प्रदर्शनको क्रममा कपिलबस्तु सहित विभिन्न कारागारबाट भागेका १ सय ६० कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
बागमती प्रदेश सभाका प्रदेश सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिनुभएको छ ।
काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएकाेमा श्रीमती सुशीला कार्कीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।