शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कविराज घिमिरे
हिले, पुस १७ गते । चिसो बढेसँगै धनकुटाको सहिदभूमि गाउँपालिकाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई ऊनको स्विटर र टोपी वितरण गरेको हो ।
पालिकामा रहेको ३९ विद्यालयका कुल एक हजार नौसय ३७ विद्यार्थीलाई वितरण गर्न लागिएको पालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो । हालसम्म २५ विद्यालयका विद्यार्थीलाई वितरण गरिसकिएको छ ।
चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेपछि तथा विद्यार्थीलाई जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको राईको भनाइ छ । विद्यार्थीसँगै पालिकामा रहेका ज्येष्ठ नागरिकलाई समेत न्यानो सिरक वितरण गर्न लागिएको समेत पालिकाले जानकारी दिएको छ । पालिकाभरीका १४६ ज्येष्ठ नागरिकलाई समेत न्यानो सिरक वितरण गर्न लागिएको हो ।