• २० चैत २०८२, शुक्रबार

सरकारी सञ्चार माध्यममा मात्र सूचना प्रकाशन गर्न कर्णाली सरकारको अनुरोध

blog

फाइल तस्बिर

काठमाडौँ, चैत २० गते । कर्णाली प्रदेश सरकारले सरकारी सञ्चार माध्ययमा मात्र सूचना प्रकाशन प्रसारण गर्न अनुरोध गरेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा इकाई कार्यालय, दैलेख, जाजरकोट, सल्यान, सुदूरपश्चिम, हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लामा पत्र लेख्दै यस्तो अनुरोध गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र अनुसार सरकारी खर्चमा मितव्ययिता कायम गर्न विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरुपता र पारदर्शिता ल्याउन गरेको अनुरोध अनुसार काम गर्न पत्रमा भनिएको छ । 

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ शाखा अधिकृत अन्जु चौधरीले पत्र लेख्दै यस्तो अनुरोध गर्नुभएको हो ।