नेपाल यतिबेला इतिहासको एउटा संवेदनशील र निर्णायक मोडमा उभिएको छ । चुनाव नजिकिँदै जाँदा देशको राजनीतिक वातावरण केवल दलगत प्रतिस्पर्धामा सीमित नरही आशा र भयको सङ्गममा रुमलिएको छ ।
कृषि उद्योग र सेवा तिनै क्षेत्रमा हुने अध्ययन, अनुसन्धान, उत्पादन, भण्डारण, प्रशोधन, सञ्चय, ओसारपसार, वितरण र उपभेगसँग जोडिएका आर्थिक क्रियाकलापको योगबाट समष्टिगत अर्ततन्त्रको संरचना निर्माण हुन्छ ।
भिक्टोरिया क्रस विजेता गुल्मेली स्वर्गीय कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्वयुद्धमा जर्मन सेनाविरुद्धको लडाइँमा रानाले प्रर्दशन गरेको सहास, बलिदान र कर्तव्यनिष्ठाताको कारण बेलायत सरकारले भिक्टोरिया क्रस प्रदान गरेको थियो ।
राजनीतिक स्थिरता किन कायम हुन सकेन ? यतिबेला नागरिकले यो प्रश्न नेतृत्वलाई होइन, आफैँलाई गर्न थालेका छन्– आफूहरूले असल नागरिकको भूमिका निर्वाह गर्न नसक्दा स्थिरता नभएको त होइन ? नि
कर्णाली प्रदेशका उच्च हिमाली तथा पहाडी जिल्लामा दैनिक चिसो बढिरहेको छ । हिमाली जिल्ला कालीकोट, जुम्ला, मुगु हुम्लामा चिसो बढेपछि यहाँका किसानले पालेका घोडा–घोडी औलतिर झार्न थालिएका छन् ।
१२० वर्ष अघिको गोर्खापत्र
गुल्मीको सदरमुकाम तम्घासमा विद्यार्थीहरुको मुटु परीक्षण गरिएको छ । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीको सहआयोजनामा यहाँ अवस्थित रेसुङ्गा माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यलयमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण गरिएको हो ।
फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा गोल्डकपमा शुक्रबार सेमिफाइनलका खेल सञ्चालन हुने भएको छ । आज सेमिफाइनलअन्तर्गतका दुई खेल सञ्चालन हुने भएको हो ।
लाखेजात्रा सञ्चालन समितिले खेलाएको तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपबाट पाँच लाख रुपियाँभन्दा बढी नाफा आर्जन गरेको छ ।
बेनीमा महिलालाई आयआर्जनसँग जोड्नका लागि परम्परागत नौमती बाजाको तालिम दिन थालिएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाभित्रका महिला र आमा समूहका प्रतिनिधिलाई बाजा बजाउने तालिम दिन लागिएको हो ।
चलचित्र ‘प्रतिवैरम’ को टिजर सार्वजनिक गरिएको छ । मधेशको सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित चलचित्रको टिजरले कथावस्तु र चरित्र चित्रणबारे सङ्क्षिप्त प्रकाश पार्छ । एक मिनेट २९ सेकेन्ड लामो टिजरले दाइजो, दाजुबहिनीबिचको प्रेम सम्बन्ध पनि दर्साइएको छ ।
खस्यौली रोधीघर बुटवलले राष्ट्रिय औद्योगिक प्रदर्शनीमा लोकदोहोरी प्रतियोगिताको उपाधि जितेको छ । खस्यौली रोधीघरले उपाधिसँगै ८८ हजार ८८८ रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश दोस्रो तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा तेस्रो भए । रुपन्देही रोदीघर सान्त्वना भएको छ । दोस्रोले ४४ हजार ४४४, तेस्रोले २२ हजार २२२ र सान्त्वनाले ११ हजार १११ रुपियाँ प्राप्त गरे ।
नेपाल स्रष्टा समाजको १९ औँ स्थापना दिवसको अवसर पारेर समाजले दुई साहित्यकारलाई सम्मानित गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राडा अभि सुवेदीले छन्दकवि प्रह्लाद पोखरेललाई ‘सुभद्रा–विश्वराज स्रष्टा सम्मान’ प्रदान गर्नुभयो । पोखरेललाई सम्मानका साथ नगद राशि २१ हजार १११ रुपियाँसमेत प्रदान गरिएको थियो ।
कास्कीको पोखरा महानगरपालिकामा शुक्रबारदेखि चार दिनसम्म बिहान बिजुलीको लाइन काटिने हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाले बिहीबार सूचना प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।
गत भदौमा जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको साढे पाँच अर्ब रुपियाँ दाबी रकम बिमितलाई भुक्तानी गरिएको छ । क्षतिको निर्जीवन बिमा कम्पनीमा परेका तीन हजार ३१६ वटा बिमा दाबीको करिब २३ अर्ब ४७ करोड रुपियाँ दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी करिब पाँच अर्ब ४८ करोड २५ लाख बिमितलाई भुक्तानी गरिएको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।