दाङमा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार जिल्लामा हालसम्म १२९ वटा सवारीसाधनमा तोडफोड र आगजनी भएको विवरण सङ्कलन भएको छ ।
जेनजी आन्दोलनका क्रममा नवलपरासी पश्चिम कारागारबाट भागेका ५१३ जनामध्ये ५६ जना कैदीबन्दी फर्किएका छन् ।
कञ्चनपुरमा गत मङ्गलबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि शनिबार कफ्र्यु हटाएसँगै आइतबारदेखि निषेधाज्ञा पनि हटाइएको जनाएको हो ।
जेनजीको माग बमोजिम नयाँ सरकार गठन भएसँगै रौतहटमा आम नागरिकको जनजीवन सामान्य बनेको छ । शनिबार बिहानदेखि सदरमुकाम गौर, मध्यभाग गरुडा, पूर्व पश्चिम राजमार्ग चन्द्रनिगाहपुर लगायत ग्रामीण भेगमा समेत जनजीवन सामान्य बन्दै गएको हो ।
बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ ।
पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष मरिचका बिरुवा बिक्रीबाट रु दुई लाख ७५ हजार आम्दानी गर्नुभएको छ । अमृतकुञ्ज पर्माकल्चर अग्र्यानिक फार्ममा उत्पादित एक हजार एक सय बिरुवा बिक्री गरेर उहाँले उक्त आम्दानी गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएकोे छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ ।
जिल्लामा सीमान्तकृत वर्गका लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा चन्द्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकामा दलित तथा सीमान्तकृत वर्गका नागरिकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
भर्जिन गन्तव्य ढोरपाटन शिकार आरक्षको ‘बुकीपाटन क्षेत्र’मा पर्यटकको लर्काे लाग्ने क्रम चलिरहेको थियो । कुनै समय फरक विश्वजस्तो लाग्ने ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दा त्यहाँका होटल व्यवसायसँगै गोठस्टे समेत फस्टाउँदै थिए । ढोरपाटनमा वर्षभरि साढे १५ हजारबढी पर्यटक मुश्किलले पुग्थे ।
नवयुवा जेनजी पुस्ताले गरेको दुईदिने आन्दोलनको सफलतासँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई शुक्रबार राति अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । उहाँको नियुक्तिसँगै इतिहासमै मुलुकले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । उहाँले यसअघि पहिलो महिला प्रधान न्यायाधीशका रूपमा रेकर्ड बनाउनुभएको थियो ।
मिसेस नेपाल अस्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अस्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भयो । प्रतिष्ठित ताज लिला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जित्नुभयो ।