बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन् ।
मुलुकमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सपथ ग्रहण गरेपछि अब जेनजीको उद्देश्य पूरा हुने आशा पलाएपछि सरसफाइ अभियानमा लागेको स्थानीय एलिश यादवले बताउनुभयो ।
जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगलागीका कारण क्षति पुगेको मालपोत कार्यालय तनहुँ सोमबारदेखि नियमित रूपमा सञ्चालनमा आउने भएको छ ।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडपछि क्षतिग्रस्त कार्यालयहरूबाट सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले तयारी अघि बढाएको छ ।
जेनजी पुस्ताको आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि बन्द गरिएका ताप्लेजुङका स्थानीय तह र विद्यालय खुलेका छन् ।
डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरी भागेका ८५ जना कैदीबन्दीमध्ये आइतबारसम्म ७८ जना पक्राउ परेका छन्।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ ।
सन्तानको दीर्घायु, पुत्र प्राप्ति तथा पारिवारिक सुख–शान्तिका लागि मनाइने महान् पर्व जितिया आइतबार दोस्रो दिनमा प्रवेश गरेको छ । यस दिन विवाहित महिलाहरूले कठोर उपवास गर्दै ‘खड् जितिया’ व्रत बसिरहेका छन् ।
पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको हो ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा कास्की र तनहुँ कारागारबाट भागेका ६ जना कैदीहरुलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकहरुले चिकित्सकबाट उपचार पाउनुभएको छ । सधैँ गाउँ कै स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीबाट उपचार गर्दै आउनु भएका उहाँहरुले शिविरमा भने चिकित्सकबाट उपचार पाउनुभएको हो ।
गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु. ५ ले बढेको छ ।
महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । टेम्केमैयुङ गाउँपालिका–४ मा स्थित झरनाको संरक्षण तथा विकास गरिएसँगै पर्यटकको रोजाइमा परेको हो ।
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ ।