उत्तरी गोरखाको मनासलु संरक्षण क्षेत्र अन्र्तगत चुमनुब्री गाउँपालिका अन्तर्गतको जगत क्षेत्रमा लोपोन्मुख हिमाली ग्रिफन गिद्धको सफल उद्धार गरिएको छ । रुखका हाँगामा अड्किएर उड्न नसकेको अवस्थामा उक्त गिद्धलाई स्थानीय बासिन्दाले फेला पारी मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप) लाई जानकारी गराएका थिए । स्थानीय प्रहरी, संरक्षण क्षेत्र व्यव
भिक्टोरिया क्रस विजेता कर्णबहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्वयुद्धमा जर्मन सेनाविरुद्धको लडाइँमा रानाले प्रदर्शन गरेको साहस, बलिदान र कर्तव्यनिष्ठताका कारण बेलायत सरकारले भिक्टोरिया क्रस प्रदान गरेको थियो । लाहुरेको गाउँ भनेर चिनिने यहाँको भार्सेमा लाहुरेको इतिहास जीवित राख्न र अध्ययन केन्द्र बनाउन भूपू गोर्खा ग्यालरी र भार्से ग्यालरी निर्माण गरिएको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका भित्रका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । यहाँका १४ वटै वडाका ७७ वर्ष माथिका ५७५ जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडाअन्तर्गत ब्लाङकेट वितरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले कञ्चन गाउँपालिका–४, धवलागिरि चोकका १७ वर्षीय ईशान शर्माको मृत्यु जिपको ठक्करबाट भएको बताए पनि परिवारजनले अझै विश्वास गरेका छैनन् । परिवारजनले घटना रहस्यमय भन्दै थप अनुसन्धानको माग गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
कास्की कारागारबाट भागेका दुई जना कैदी लमजुङबाट पक्राउ परेका छन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका दुई जना प्रतिवादीलाई लमजुङ प्रहरीले पक्राउ गरेको हो ।
सर्वोच्च अदालतको आदेशबाट भूमिसम्बन्धी समस्या समाधान आयोगले पुनः वैधानिकता पाएसँगै पश्चिम नवलपरासीमा रोकिएको जग्गा नापजाँचको काम फेरि सुरु भएको छ । आयोगले काम सुरु गरेपछि विगत केही समयदेखि अन्योलमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अब निष्कर्षतर्फ लाग्ने देखिएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका-१२ स्थित रहेको धारापानी पर्यटकको रोजाइमा परेको छ ।धारापानीको प्रकृति सुन्दर र मनमोहक दृश्यले पर्यटकको ध्यान तानेको हो ।
स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ ।
सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
जङ्गली हात्तीको बथान गाउँ प्रवेश गर्दा जिल्लाको विभिन्न स्थानमा बिहीबार एकै दिन तीन वटा घरसहित लाखौँको अन्नबाली र भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।
लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् ।
दलित कोटाबाट एमबिबिएसमा नाम निकाल्नु भएको सत्यनारायण साफीले डाक्टर बन्ने प्रेरणा आमाबाटै पाएको बताउनुभएको छ ।
धवलागिरि गाउँपालिका–७, ताकममा एक जना किसानले एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु एक लाखभन्दा बढी आम्दानी गर्नुभएको छ ।
शुक्लाफाँटा नगरपालिका–८, पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै हुनु हुन्छ । उमेरले पाको देखिए पनि उहाँको जोश, जाँगर र संस्कृतिप्रतिको मोह भने अझै तन्नेरीकै जस्तो छ ।
रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त हुनु भएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।