राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आज स्वीकृत गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्क तथा वित्तिय संस्थाहरुले दसैँका लागि सुकिला नोट सटही सुरु गरेको छ ।
कीर्तिपुर वर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले नेता खनालकी पत्नी चित्रकारको सोमबार शल्यक्रिया गर्ने तयारी गरेको जानकरी दिनुभयो ।
नेपाल प्रहरीको पोशाक लगायतका सुरक्षा सामग्री लुकाई राखेका सूचना पाएमा नजिकको सशस्त्र प्रहरी बललाई जानकारी गराउन प्रहरी बलले आग्रह गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्की आइतबार शहीद गेटमा माल्यार्पण गरी शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै ।
नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएको मृत्यु, भौतिक क्षति, नेतामाथि भएका आक्रमण, प्रतिनिधिसभा विघटनलगायतका पछिल्ला राजनीतिक घटनाक्रमबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले गत भदौ २५ गते बिहान ११ बजेदेखि जिल्लामा लगाउँदै आएको कर्फ्यु शनिबारदेखि पूर्णरूपमा हटाएसँगै यहाँका किसानको पनि स्याउ टिप्ने चटारो परेको हो।
सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए पनि के काम, कहाँ बसेर गर्ने भन्ने अन्योलता देखिएको छ ।
आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म काठमाडौँको टुँडिखेलमा हुने काभा महिला नेसन्स लिग भलिबल स्थगित भएको छ ।
जेनजी आन्दोलनका क्रममा आगजनी गरेर ध्वस्त पारिएका बाँकेका विभिन्न कार्यालयमध्ये केहीले अस्थायी रूपमा सेवा प्रवाह सुरु गर्न थालेका छन्।
श्रीलङ्काले एसिसी एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ । दुवईको अबुधाबीस्थित जायद क्रिकेट मैदानमा शनिबार राति भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ६ विकेटले हरायो ।
मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
जिल्ला प्रशासन कार्यालय प्युठानले जिल्ला कारागार कार्यालय वरिपरि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले आईतबार दिउँसो ३ बजेदेखि लागु हुने गरि निषेधाज्ञा आदेश जारी गर्नुभएको हो ।
नवपुस्ता (जेनजी) आन्दोलनसँगै भदौ २५ गतेदेखि विद्यालयमा पठनपाठन बन्द गरिएको थियो। स्थिति सामान्य बन्दै गएपछि चार दिनपछि विद्यालय सञ्चालनमा आएका हुन्।
सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।