२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ गर्ने कार्य सुरु भएको छ ।
नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ ।
न्यायपालिका अधिकृत समाजले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ ।
कास्कीको पोखरा महानगरका मुख्य व्यापारिक क्षेत्रमा सडक अवरुद्ध हुने गरी राजनीतिक दलहरुका भेला, जुलुसहरु नहुने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको छ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ।
बाँकेको दुईवटा बालसुधार गृहबाट भागेका ९६ जना बालबन्दी अझै अझै पनि पक्राउ पर्न सकेका छैनन् ।
गुल्मी चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सात पटककी ग्रान्डस्लाम एकल च्याम्पियन अमेरिकी टेनिस स्टार भेनस विलियम्सलाई ४५ वर्षको उमेरमा अस्ट्रेलियन ओपनका लागि वाइल्डकार्ड प्रदान गरिएको छ । यससँगै उहाँ सिजनको उदघाटन ग्रान्डस्लाम अस्ट्रेलियन ओपन खेल्ने सबैभन्दा बढी उमेरकी महिला खेलाडी बन्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गर्नुभएको छ ।
मानव बेचबिखन तथा ओसार–पसारको जोखिमबिच भारतको बिहार राज्यका विभिन्न सहरबाट उद्धार गरिएका ७ जना नेपाली बालबालिकालाई नेपाल ल्याई परिवारको जिम्मा लगाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले स्थानीयको मागलाई बेवास्ता गरेर कुनै पनि जलविद्युत आयोजना अघि नबढाइने बताउनुभएको छ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ गतेको चुनाव सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ।
भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान यहाँ सुरु गरिएको छ ।