मानिस सामाजिक प्राणी हो । नागरिक हुनका लागि नागरिक गुणले पूर्ण हुनु पर्छ । मानवीय क्रियाकलाप, प्रकृति र विविध घटनाक्रमद्वारा सिर्जित हुन्छ समाज । यही समाजका उपज मुलुकको शासन सत्तामा पुग्ने व्यक्ति हुन् ।
पश्चिम बागलुङ हुँदै बग्ने बडिगाड खोलामा भइरहेको अवैध दोहन रोक्न गाउँपालिकाले बेवास्ता गरेको भन्दै स्थानीय युवाहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । जनप्रतिनिधिकै संरक्षणमा दोहन भइरहेको स्थानीयको आरोप छ ।
विश्वमा हाल पाका मानिसहरूको जनसङ्ख्या १३ प्रतिशत रहेको अनुमान छ । नेपालमा १० प्रतिशत जति छन् । तर भविष्यलाई नियाल्दा अबको २५ वर्षपछि विश्व जनसङ्ख्यामा ज्येष्ठ नागरिकको अंश २१ प्रतिशत पुग्ने छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जितिया पर्वले मातेत्वको गहिरो भावनालाई उजागर गर्ने बताउनुभएको छ ।
नेपालमा शासनको परम्परा प्राचीनकालदेखि नै सुरु हुन्छ । विभिन्न कालखण्डमा गरिएका प्रयोग बेग्लैबेग्लै शैलीका भए पनि महत्वपूर्ण मानिन्छन् । किराँतकालीन प्राचीन नेपालको शासन पद्धतिमा राज्यलाई अनेक थुममा विभाजन गरिएको थियो । प्रत्येक थुममा जनताले चुनेका पाँच जना पञ्च रहन्थे । थुमभन्दा मुनि गाउँ रहन्थे । प्रत्येक गाउँमा त्यहाँका बासिन्दाले विचारी, मु
तराई क्षेत्रमा मनाइने जितिया पर्व शनिबारदेखि सुरु भएको छ । तराई क्षेत्रका महिलाले असोज कृष्णपक्षको अष्टमी तिथिका दिन जितवाहन भगवान्को पूजाआराधना गरेर मनाइने गरिन्छ । आफ्ना सन्तानका लागि निराहार व्रत बसेर सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै तीन दिनसम्म मनाइने जितिया पर्व तराईमा सुरु भएको छ ।
जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय तनहुँ छिट्टै सञ्चालनमा आउने तयारीमा छ ।
गीतकार नारायण खतिवडाले शब्द सिर्जना गर्नुभएको नयाँ गीत ‘जमाना आजकल’ सार्वजनिक भएको छ । गीतले शीर्षककै झल्को दिने गरी वर्तमान समाजमा भइरहेको तीव्र सांस्कृतिक रूपान्तरण र त्यसका असरलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ ।
बुटवलका साहित्यानुरागीले देशलाई शून्यताको अवस्थाबाट माथि उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । देशले आन्दोलन माग गरेका बेला उथलपुथल हुने भन्दै उनीहरूले देशलाई शून्यबाट माथि उठाउँदै पुनर्निर्माणमा अघि बढाउनुपर्ने बताएका छन् ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले जेनजी आन्दोलनका नाममा गरिएको लुटपाटको सामान फिर्ता गर्न आग्रह गरेको छ ।
पोखराको पुरानो चलचित्र घर ‘विन्ध्यवासिनी हल’ विगत छ वर्षदेखि बन्द रहेको छ । पछिल्लो क्रममा चलचित्रले घाटाको व्यापार गर्न थालेपछि हल बन्द गरेको हल सञ्चालक बताउँछन् । हल सञ्चालक उत्तम द्धावका अनुसार चलचित्रमा दर्शकको सङ्ख्या घट्नु र नयाँ नआउँदा हल बन्द गर्नु परेको हो ।
सरकारले चाडपर्वलक्षित सोमबारदेखि देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेको । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
जेनजी आन्दोलनका क्रममा ठुलो क्षति बेहोरेको निजी क्षेत्रको पुनर्जागृत हुने इच्छाशक्तिलाई सरकारले पनि साथ दिने बताएको छ । आइतबार आफ्नो कार्यभार समालेपछिको पहिलो सार्वजनिक सम्बोधनमा प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई सरकारले साथ दिने बताउनुभएको हो ।