• १८ पुस २०८२, शुक्रबार

सरकारको प्राथमिकता चुनाव हो : प्रवक्ता खरेल

blog

पत्रकारसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल।

वसन्त पराजुली 

नारायणगढ, पुस १८ गते। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गतेको चुनाव सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ। 

भरतपुरमा पत्रकारसँग शुक्रबार कुराकानी गर्दै उहाँले सरकारको पहिलो दायित्त्व निष्पक्ष, स्वतन्त्र र भयरहित वातवरणमा चुनाव गर्ने भएको स्पष्ट पार्नुभयो। 

“म नागरिक सरकारको प्रवक्ता हुँ। म अहिलेसम्म कुनै पनि पार्टीमा छैन। चुनाव लड्ने वा नलड्ने भन्ने कुनै पनि निर्णय लिएको पनि छैन’, उहाँले भन्नुभयो, ‘नागरिक सरकार चुनाव गर्ने वातवरणका लागि लागेको छ। मेरो दायित्त्व अहिले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन प्रधानमन्त्री सुशीला कार्कीलाई सहयोग गर्ने हो।’

उहाँले जेनजी आन्दोलनमा बनेको नागरिक सरकारको अर्जुन दृष्टि नै निर्वाचन भएको स्पष्ट पार्नुभयो।