पुतलीबजार नगरपालिका–१, मालेबगर खेल मैदानमा प्रथम खुमा अर्याल कप टी–२० रनिङ कप क्रिकेट हुने भएको छ ।
धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्ने वा गराउने कार्य गरे एक वर्षसम्म कैदको सजाय हुने स्पष्ट पारेको छ।
अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ ।
स्ट्राइकर गोन्जालो गार्सियाको ह्याट्रिकसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियाल बेटिसमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले रियल बेटिसलाई ५–१ गोलले हरायो ।
घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सिटी पाहुना टोली चेल्सीसँग १–१ गोलको बराबरीका रोकियो ।
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले कानुन व्यवसायी अध्ययनशील हुनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नवप्रवेशी कानुन व्यवसायीहरुका लागि तीन दिनसम्म सञ्चालन भएको पूर्व व्यावसायिक तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका भण्डारीले सो कुरा बताउनुभएको हो ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४, जुरेली तुलसीपुरका मौरी पालक किसान नारायण घिमिरेलाई यतिबेला मह बिक्री गर्न भ्याइ नभ्याई छ ।
एथलेटिक्स परिवार, नेपालको संयोजनमा गत महिना मित्रराष्ट्र भारतको राँचीमा सम्पन्न साफ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई खेल सामग्री प्रदान गरिएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिँड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ ।
कमलरी मुक्ति भएको १२ वर्ष पुगे पनि अझैसम्म तीन हजारभन्दा बढी मुक्त कमलरीले परिचयपत्र पाएका छैनन् ।
पोखरा थिएटरको आयोजनामा तयार पारिएको नाटक ‘मखी ताल’ आइतबारदेखि पोखरा महानगरका विभिन्न वडाहरूमा देखाइएको छ ।
रौतहटमा इभी गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सोलुखुम्बु जिल्लामा दलित तथा पिछडिएका समुदायलाई लक्षित गर्दै धार्मिक कर्मकाण्डसम्बन्धी तालिम सुरु भएको छ। हिन्दु धर्ममा गरिने विभिन्न धार्मिक विधि, पूजापाठ तथा संस्कारबारे व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले एक साताको तालिम आयोजना गरिएको हो।
शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्गबहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुहुन्छ । नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाउनुभएका उहाँको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको छ ।