समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामी भाषा
थारू समुदायका महिलाले मनाउने मुख्य पर्वका रूपमा रहेको जितिया पर्व शनिबारदेखि सुरु भएको छ तर यस वर्ष नवलपुरको थारू समुदायमा भने जितिया पर्वको कुनै रौनक छैन ।
यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ ।
जेनजी आन्दोलनपश्चात् प्रहरी प्रशासनको ध्यान आन्दोलन नियन्त्रणतर्फ केन्द्रित भएपछि तराईका विभिन्न जिल्लामा चोरी डकैतीका घटना बढेका छन् । रुपन्देही, बाँके र बर्दियाका ग्रामीण क्षेत्रदेखि सहरी टोलसम्म चोरीको त्रास फैलिएको छ । स्थानीय बासिन्दाले गाउँ गाउँमा गस्ती गर्ने, जाग्राम बस्ने र आफैँ सुरक्षा गर्ने अभियान थालेका छन् ।
देशभर चलेको जेनजीको आन्दोलनका कारण रोकिएको जिल्ला अदालत स्याङ्जाको कामकाज सोमबारदेखि पुनः सुचारु हुने भएको छ । आन्दोलनका क्रममा सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीसहित सर्भरमा क्षति पुगेपछि ठप्प भएको थियो ।
बर्सौंदेखि टाँगा चलाएर जीविकोपार्जन गर्दै आएका बर्दियाका टाँगाचालक पछिल्लो समय कामविहीन हुन थालेका छन् । सवारीसाधनका आधुनिक साधनको प्रयोग बढ्न थालेपछि टाँगाको उपयोग घट्दै गएसँगै टाँगाचालक कामविहीन हुन थालेका छन् ।
जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको कर्णाली प्रदेश सरकारको कार्यसम्पादन लयमा फर्किन थालेको छ ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका ११८ कैदीबन्दी कारागारमा फर्किएका छन् ।
उच्च अदालत पोखरा, बागलुङ इजलासले जेनजी आन्दोलनका कारण स्थगित भएको मुद्दाको सुनुवाइलगायत अदालतको नियमित कामकारबाही सोमबारदेखि सञ्चालन हुने भएको छ ।
गत भदौ २४ गते भएको जेनजीको आन्दोलनबाट करिब तीन करोडको क्षति भएको प्रहरी जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विष्टले दिनुभएको जानकारी अनुसार सरकारी, गैरसरकारी कार्यालय, पार्टी कार्यालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्रीको घरमा गरिएको आगलागी, तोडफोडबाट करिब तीन करोड मूल्य बराबरको क्षति भएको छ ।
जेनजीको प्रदर्शनका क्रममा सप्तरीमा भएको क्षति विवरण सङ्कलन सुरु भएको छ । जिल्लामा भएको आगजनी र तोडफोडबाट सबैभन्दा बढी क्षतिग्रस राजविराज नगरपालिकामा विवरण सङ्कलनको काम सुरु भएको हो ।
बागलुङमा घरको पहिलो तलाबाट खसेर एक बालक गम्भीर घाइते भएका छन् ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक खण्डमा सुख्खा पहिरो पन्छाउन नेपाली सेनाले ब्लास्टिङ गरेर पन्छाउने भएको छ ।