म्याग्दीको धवलागिरी गाउँपालिका हँुदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ ।
२०८२ साल पुस ५ गते शनिबार सबल गुरुङ र म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थित भैरवकुण्डतिर लाग्यौँ । जोरपाटीको नारायणटारबाट प्रतिव्यक्ति आठ सय रुपियाँ तिरेर बगामसम्मको टिकट काट्यौँ । सार्वजनिक बस बगामसम्म मात्र पुग्ने भएकाले पहिलो रात सोही ठाउँमा बस्ने निधो गरेर नारायणटारबाट बिहान ८ः३० बजे बाटो लाग्यौँ । शनिबार भएर होला भक्तपुर धुलिखेलतिर खासै जा
काठमाडौ महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्रदान गर्ने अत्याधुनिक ‘सिसिटिभी क्यामरा’ जडान गरिएका छन् । जडान भएका हिकभिजनका ती २९ क्यामरा एआई प्रविधिमा आधारित रहेका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका वडा नं २ लामडाँडामा आयोजित निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा ६१ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।
थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् ।
भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् ।
स्वास्थ्य सुविधालाई थप सहज बनाउन यहाँका ४९ स्वास्थ्य संस्थालाई लाखौँ मूल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
कर्णालीबाट बन्ने समानुपातिक उम्मेदवारको टुङ्गो लागेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फ सबै जसो दलले सिफारिस गरेका उम्मेदवारको बन्दसूची सार्वजनिक भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
जुम्लाको सिँजा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउन माग गरिएको छ । शिक्षामन्त्री महावीर पुनलाई भेटेर सिँ जा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउन माग गरिएको हो । सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलसहितको टोली मन्त्रालयमा पुगी माग गरिएको छ । २०६७ सालमा स्थापना भएको क्याम्पस हालसम्म त्रिभुवन विश्वविद्यालय वा मध्यपश्चिम विश्वविद्यालय कहीँबाट पनि आङ्गिक हुन नसकेका कारण ओझेलमा पर्दै गएको भन्दै टोली मन्त्रीसँग सो माग गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसलाई उछिनेर अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ठुलो दल बन्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले एकता गरेर नेकपा निर्माण गरेकाले सो पार्टी प्रदेश सभामा ठुलो दल बन्ने भएको हो । प्रदेश सभामा माओवादीका १० (सभामुखबाहेक), नागरिक उन्मुक्ति पार्टीका सात र नेकपा (एकीकृत समाजवादी) पार्टीका चार प्रदेश सभा सदस्य छन् । नेकपाको सदस्य सङ्ख्या २१ पुग्ने देखिन्छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यावसन) सिरहाले सरस्वती पूजाको नाममा भित्रिएको विकृतिमा यस वर्षदेखि रोक लगाउने निर्णय गरेको छ ।
बाँकेमा पुसको सुरुवातसँगै बढेको अत्यधिक चिसो र निरन्तरको शीतलहरका कारण सर्वसाधारणको दैनिकी अत्यन्तै कष्टकर बनेको छ । पुस लागेयता घाम नलागेका कारण बढेको चिसोले विपन्न तथा मजदुरलाई बढी प्रभाव पारेको छ । यसै परिस्थितिलाई ध्यानमा राख्दै स्थानीय तह र सुरक्षा निकायले प्रभावित क्षेत्रमा राहत सुरु गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हस्तकला उद्योगलाई स्थानीय उत्पादन, आत्मनिर्भरता, परम्परागत सिप संरक्षण, आर्थिक सशक्तीकरण र ग्लोबल मान्यतासँग जोडेर अघि बढाउन केन्द्रित छन् । मोदीले स्थानीय ह
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट एकल उम्मेदवार सिफारिस हुनुभएको छ ।