आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धनकुटा नगरपालिकाले पर्यटन प्रवर्धनका लागि पर्यटन नीति निर्माण गर्न पहल सुरुको छ । धनकुटा नगरपालिकाले नगरका सरोकारवालासँग राय सुझाव लिई पर्यटन नीति निर्माण गर्ने कामको थालनी गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी ब्रतका लागि काठमाडौँको साँखुस्थित शालीनदीमा स्नान गर्नेहरुको घुइँचो लागेको छ ।
अँध्यारैअँध्याराका बिचबाट अनिश्चितताको गरुङ्गो भारी बोकेर सुदूर क्षितिजसम्म अलिकति भए पनि
जिन्दगी यो चक्र जस्तै घुमिरहन्छ कैले कता कैले कता पुगिरहन्छ
बिपी शीर्ष नीति उच्च विचार छ शक्ति मेलमिलाप मुलुकमा सदा हुन्छ शान्ति । विविधको एकतामा देश भरि उठौँ नेपालको उन्नतिमा नर–नारी जुटौँ ।
जिल्लास्तरीय खेलहरु हुने चिदिचौर खेल मैदान अन्तर्राष्ट्रिय खेलाडीहरुको तस्बिरमय हुने भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले अहिले नगरभित्र जन्मिएका अन्तर्राष्ट्रिय खेलाडीहरुको तस्बिर कोरिरहेको छ । झपटसिंह भुजेल पूर्व अन्तर्राष्ट्रिय बक्सिङ्ग खेलाडी हुनुहुन्छ ।
पञ्चायती शासनव्यवस्थाविरोधी कसुरमा हाम्रा श्यामसुन्दर काका कुनै समयमा चार वर्ष जेल परिसक्नुभएको रहेछ । अचेल राजनीतिको ‘र’ उच्चारण गरेको उहाँलाई मन पर्दैन तर कुनै कुराकानीको सन्दर्भमा आफ्नो पूर्वस्मृतिलाई त्यसमा जोड्न बिर्सनु हुन्न, “म नक्खु झ्यालखानामा राजबन्दी भएको बेला... ।” वाक्य पूरा नहुँदै बा हाँस्दै कराउनुहुन्थ्यो, “भो... ए... श्यामसुन्दर... कति पल्ट सुन्नु तेरो कहानी ? मेरो कानै भाट्टिसक्यो के ।”
कवि युवराज अधिकारीको दोस्रो कवितासङ्ग्रह ‘युद्ध युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ । उहाँका कविताले समाजमा सकारात्मक साहित्यिक ऊर्जा सञ्चार गर्नेमा दुईमत छैन । समकालीन नेपाली कविता फाँटले ‘युद्ध, युद्ध नै हुन्छ’ पढेपछि युवराज अधिकारीलाई एक उम्दा र अब्बल साहित्यसर्जकका रूपमा पक्कै पनि आमन्त्रण गर्ने छ । यस सङ्ग्रहका कविताले नेपाली समाजमा व्याप्त आमगुना
पढ्दा ज्ञान पाइन्छ धर्म के हो, पाप के हो जानिन्छ, बुझिन्छ उज्यालो के हो, अँध्यारो के हो सभ्यता के हो, असभ्यता के हो
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो ।
तर, गणेश रसिकले ‘डटी लड्ने’ हिम्मत गुमाए । अर्बुदरोगले थलिएकै बेला रसिकले सञ्चारकर्मी दीपक सापकोटासँग मरणपछिको इच्छा सुनाएका थिए, म मरेपछि मलाई एकेडेमीको त्यो आँगनमा झिँगा भन्काएर नराख्नु, लासमाथि सेल्फी खिच्न नदिनु । गुमनाम तरिकाले लैजानु, मेरो लास आर्यघाटमा र मेसिनमा हाल्दिनु । सक्छौ भने मेरो अन्तु भोजपुरमा लगेर राखिदिनु श्रीमती र छोराको
नेपाली समाजमा ‘घुमिफिरी रुम्जाटार’ उखान प्रचलित छ । रुम्जाटारको राढीपाखीको पनि उल्कै चर्चा इतिहासमा पाइन्छ । ‘रुम्जाटार’ नामकरण बाइसे/चौबिसे राज्यकै बेला भएको किंवदन्ती पाइन्छ । त्यस समय ‘रुम बुढा’ नामका किराँती राजाले ‘रुम्जाटार’ मा राज्य गरेको र त्यही शब्द अपभ्रंश हुँदै ‘रुम्जाटार’ रहन गएको किंवदन्ती पाइन्छ । नेपालका ठुला टारमध्ये एक हो– रुम्जाटार । नेपा
वातावरण संरक्षण, फोहर व्यवस्थापन, स्वच्छ जीवनशैली जस्ता विषयमा जनचेतना जगाउन पोखरा महानगरका सबै वडामा नाटक मञ्चन गरिने भएको छ । पोखरा थिएटरको आयोजनामा नाटक ‘मखी ताल’ महानगर ३३ वटै वडामा देखाउने तयारी भएको हो ।