नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले नेपालगन्ज उपमहानगरपालिकालाई प्रथम सेवा विन्दुका रुपमा सेवा विस्तार गर्न ताकेता गरेको छ ।
अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड पूर्ण अवरुद्ध भएको छ ।
अन्तरिम सरकारका तीन नयाँ मन्त्रीको शपथ सोमबार हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
रौतहटको गौर नगरपालिकाले सोमबारदेखि नियमित रुपमा सेवा प्रवाह सुचारु गर्ने जनाएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले नगरपालिका कार्यालय, सबै वडा कार्यालयलाई स्थगित सेवा आजदेखि पुनः सुचारु गर्न निर्देशन दिएको बताउनुभयो ।
यहाँस्थित नेपाल भारत सीमा नाका पूर्णरूपमा सञ्चालनमा आएको छ । केही दिन बन्द रहेको नाका सोमबारदेखि पूर्णरूपमा खुलेको हो ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नगरपालिका– ५ स्थित जिनिस अस्पताल नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेको सर्लाहीका आधा दर्जन पालिकाको सेवा अनिश्चित बनेको छ । जेनजीको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड भएका लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, हरिपूर्वा र ईश्वरपुर नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाको सेवा तत्काल सूचारु गर्न समस्या देखिएको हो ।
कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत विवरण सङ्कलनको काम भइरहेको जनाएको छ । कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले क्षति मूल्याङ्कनको काम सकिएसँगै प्रशासनिकस्तरमा सेवा प्रवाह सुरु गर्ने तयारी भइरहेको बतानुभएको छ । समग्र क्षतिको विस्तृत विवरण भने सोमबारसम्ममा उपलब्ध गराउन सकिने उहाँले जानकारी दिनुभयो ।
आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेका सर्लाहीका आधा दर्जन पालिकाको सेवा अनिश्चित बनेको छ । १३ देखि २८ वर्षसम्मका युवापुस्ता अर्थात् जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, हरिपुर्वा र ईश्वरपुर नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाको सेवा तत्काल सूचारु गर्न समस्या देखिएको हो । लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले आगजनी र तोडफोडबाट कार्याल
तनहुँ जिल्लामा डेंगु सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ । भदौ २९ गते आइतबारसम्म जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरी १५३ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा सुरक्षामा चुनौती थपिएपछि जिल्लाका विभिन्न ठाउँका चौकी छाडेर हिँडेका जिल्ला प्रहरी कार्यालयका प्रहरी फिर्ता हुन थालेका छन् । जिल्लामा निषेधाज्ञा र कफ्र्यु हटेसँगै जनजीवन सामान्य हुन थालेपछि प्रहरी आफू कार्यरत चौकीमा फर्किन थालेका हुन् । सो क्रममा आइतबार सोनमा गाउँपालिकाको मगरथाना र औरहीको प्रहरी चौकीलगायतका ठाउँमा प्रहरी फिर्ता भएका छन् ।
वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको चङ्खेली गाउँपालिकामा ‘फोरजी’ सञ्चालनमा आएपछि यहाँका नागरिक खुसी भएका छन् ।
हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले जेनजीको आन्दोलनका क्रममा आफूबाट मन दुखाउने कार्य भएको भन्दै क्षमायाचना गर्नुभएको छ ।
जेनजीको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनी र तोडफोडबाट चितवन जिल्लाका ७९ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
यसवर्ष हुम्ला जिल्लाको सिमकोटबाट हिुल्सा हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने भारतीय र अन्य देशका पर्यटकहरुको सङ्ख्या छ हजार कटेको छ ।