घोराही उप–महानगरपालिकाकाले सबै वडा कार्यालयलाई स्थगित सेवा पुनः सुचारु गर्न निर्देशन दिइएको छ ।
गतहप्ताको आन्दोलनबाट वीरगञ्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगञ्जको कार्यालयमा तोडफोड र आगजनीबाट रु तीन करोड बराबरको क्षति भएको छ ।
गुल्मीको घमिरमा भिषण पहिरो गएको छ । मालिका गाउँपालिका–७ घमिरको टुनिपाटामा गएको पहिरोबाट १२ घर जोखिममा परेका छन् । टुनिपाटा घमिर र छापको सिमाना हो । भदौ २७ गतेदेखि सुरु भएको पहिरोको नजिक बस्ती छ ।
जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार ।
हरेक मुलुकमा कतिपय कालखण्ड असहज हुन्छन् । परिवर्तनका निम्ति कष्टसाध्य पीडा भोग्नु पर्छ ।
सबैलाई सर्वविदितै छ कि कुन परिस्थितिमा यो अन्तरिम सरकार गठन गर्नुपर्ने आवश्यकता पर्न आयो । २७ घण्टाको आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन गएको छ । देशभर ७२ जना युवकयुवतीले मृत्युवरण गर्नु प¥यो । सुरक्षा निकाय, प्रहरीका बिट, सर्वोच्च अदालत, तराईका सम्पूर्ण जिल्ला अदालत, उच्च अदालतलगायत सिंहदरबारसमेत आगोमा बीभत्स तरिकाले जलेर गयो ।
जेनजी पुस्ताले गरेको आन्दोलनले देशमा सिर्जना भएको विषम परिस्थितिका कारण बन्द भएको ताप्लेजुङ जिल्ला अदालतले सोमबारदेखि सुचारु (नियमित) गर्ने भएको छ ।
देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ ।
मानिस सामाजिक प्राणी हो । नागरिक हुनका लागि नागरिक गुणले पूर्ण हुनु पर्छ । मानवीय क्रियाकलाप, प्रकृति र विविध घटनाक्रमद्वारा सिर्जित हुन्छ समाज । यही समाजका उपज मुलुकको शासन सत्तामा पुग्ने व्यक्ति हुन् ।
पश्चिम बागलुङ हुँदै बग्ने बडिगाड खोलामा भइरहेको अवैध दोहन रोक्न गाउँपालिकाले बेवास्ता गरेको भन्दै स्थानीय युवाहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । जनप्रतिनिधिकै संरक्षणमा दोहन भइरहेको स्थानीयको आरोप छ ।
विश्वमा हाल पाका मानिसहरूको जनसङ्ख्या १३ प्रतिशत रहेको अनुमान छ । नेपालमा १० प्रतिशत जति छन् । तर भविष्यलाई नियाल्दा अबको २५ वर्षपछि विश्व जनसङ्ख्यामा ज्येष्ठ नागरिकको अंश २१ प्रतिशत पुग्ने छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जितिया पर्वले मातेत्वको गहिरो भावनालाई उजागर गर्ने बताउनुभएको छ ।
नेपालमा शासनको परम्परा प्राचीनकालदेखि नै सुरु हुन्छ । विभिन्न कालखण्डमा गरिएका प्रयोग बेग्लैबेग्लै शैलीका भए पनि महत्वपूर्ण मानिन्छन् । किराँतकालीन प्राचीन नेपालको शासन पद्धतिमा राज्यलाई अनेक थुममा विभाजन गरिएको थियो । प्रत्येक थुममा जनताले चुनेका पाँच जना पञ्च रहन्थे । थुमभन्दा मुनि गाउँ रहन्थे । प्रत्येक गाउँमा त्यहाँका बासिन्दाले विचारी, मु
तराई क्षेत्रमा मनाइने जितिया पर्व शनिबारदेखि सुरु भएको छ । तराई क्षेत्रका महिलाले असोज कृष्णपक्षको अष्टमी तिथिका दिन जितवाहन भगवान्को पूजाआराधना गरेर मनाइने गरिन्छ । आफ्ना सन्तानका लागि निराहार व्रत बसेर सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै तीन दिनसम्म मनाइने जितिया पर्व तराईमा सुरु भएको छ ।
जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय तनहुँ छिट्टै सञ्चालनमा आउने तयारीमा छ ।