भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हस्तकला उद्योगलाई स्थानीय उत्पादन, आत्मनिर्भरता, परम्परागत सिप संरक्षण, आर्थिक सशक्तीकरण र ग्लोबल मान्यतासँग जोडेर अघि बढाउन केन्द्रित छन् । मोदीले स्थानीय ह
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट एकल उम्मेदवार सिफारिस हुनुभएको छ ।
जेनजीले मुलुकमा राजनीतिक अस्थिरता र व्याप्त भ्रष्टचार अन्त्य, सुशासन प्रवर्धन, सामाजिक न्याय, सामाजिक सञ्जालको निर्बाध प्रयोग, बेरोजगारी अन्त्यसँगै, रोजगारी सिर्जनाको माग राखी गएको भदौ २३ गते आन्दोलन गरे । आन्दोलनले देशमा अवसरको खोजी गरिरहेका युवाको सपना बोकेको थियो । आन्दोलन आन्दोलनकारीको नियन्त्रणबाट बाहिर जाँदा कलिला
ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
भदौ २४ गते सङ्खुवासभा जिल्ला सिलिचोङ–३ ताम्कुका मालती कुलुङ आफ्नै बारीमा कोदो गोड्दै हुनुहुन्थ्यो । उहाँको श्रीमान् बालकिशोर छिमेकीलाई सघाउन जानुभएको थियो । बालकिशोरको मोबाइल घरमै चार्जमा थियो ।
हिमाली जिल्ला म्याग्दीका छ मध्ये ४ वटा स्थानीय तहमा बन्नु पर्ने अस्पतालहरु सबै अन्यौलमै छन् । दुई अस्पताल निर्माण बिचमा अलपत्र छ भने एउटा भवन बनेर बेबारिस बन्दा अर्को अस्पताल भवन निर्माण गर्ने ठाउँकै टुङ्गो लाग्न सकेको छैन ।
हिमाल सधैँ मौन देखिन्छ । सेतो, स्थिर र अडिग तर यही मौनताभित्र आज एक चिच्याहट लुकेको छ, जुन जलवायु परिवर्तनले जन्माएको पारिस्थितिक असन्तुलनको परिणाम हो । विश्व तापमान वृद्धि, अनियमित वर्षा, हिमनदीको
संस्कृत भाषाको शिर अस्त्र अथवा शिरको सुरक्षाका लागि लगाउने सामग्रीले टोपीलाई बुझाउँछ । नेपाली शब्दकोशमा ‘शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षा गर्नका निमित्त चाउलो वा घेरा हाली सिएको वस्त्र, शिरपोस’ भनेर वर्णन गरिएको छ । कानमा लगाउने गहनालाई कुण्डल, घाँटीमा लगाउनेलाई कण्ठी, शिरमा लगाउने शिरफूल, शिरबन्दी, गलामा लगाउने ग
थारू कल्याणकारिणी सभा दाङद्वारा शनिबार (पुस १९ गते) आयोजना हुन लागेको एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ (थारू संवत् २६४९) का सम्पूर्ण तयारी पूरा भएका छ ।
कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।२०८० चैत ११ गते पुतलीबजार नगरपालिका वडा नम्बर–१३ बस्ने १५ वर्षीया बालिकाको मृत्यु भएको घटनाको सम्बन्धमा प्राप्त जाहेरीको आधारमा घटना पश्चात फरार रहेका स्थानीय ४४ वर्षीय राजेन्द्र प्रसाद तिवारीलाई पक्राउ गरेको हो ।
नेपाली चलचित्र हलमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर एक नेपालीसहित तीन चलचित्र प्रदर्शनमा आएका छन् । नयाँ चलचित्र शुक्रबार प्रदर्शन गर्ने परम्परा रहे पनि अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर तीन चलचित्र बिहीबारदेखि प्रदर्शनमा आएका हुन् । प्रदर्शनमा आएकामध्ये नेपाली ‘एक्लो’ रहेको छ भने हलिउड चलचित्र ‘दी हाउसमेड’ र साउथ ‘४५’ रहेको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा हुने प्रायः औपचारिक कार्यक्रममा नौमती बाजा हातमा लिएर विद्यालयको ड्रेसमा सजिएका विद्यार्थीहरुलाई देख्न सकिन्छ ।
चलचित्र ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौँ आएर एक युवकले गरेको सङ्घर्ष देखाइएको छ । पढाइमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौँ आएर जीवन बदल्न गरेको सङ्घर्ष ट्रेलरमा देख्न सकिन्छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) जिल्ला कमिटी सप्तरीले जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट आकाङ्क्षी उम्मेद्वारहरूको नाम सिफारिस गरेको छ ।
उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको छ । काठमाडौँमा शुक्रबार एक कार्यक्रमबिच साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालको अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा उक्त उपन्यासको लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शैलेन्दुप्रकाश नेपालले नमिता–सुमिता काण्डको विषयमा आफूले धेरै पहिले कविता लेखेको स्मरण गर्दै दुई लाइन कविता सुनाउनुभएको थियो भने अहिले उक्त काण्डलाई प्लट बनाएर उपन्यास नै बजारमा आउनु चानचुने कुरा नभएको बताउनुभयो ।