• १९ पुस २०८२, शनिबार

एमाले कर्णालीका अध्यक्ष शाह प्रतिनिधिसभाका लागि एकल सिफारिस

blog

नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाह । तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, पुस १९ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट एकल उम्मेदवार सिफारिस हुनुभएको छ । शुक्रबार एमाले सल्यानको आठौँ पूर्ण बैठकले शाहलाई आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस गरेको हो ।

शाहको योग्यता, अनुभव र कर्णाली प्रदेशमा पार्टीको नेतृत्व तथा देशको राजनीतिक क्षेत्रमा खेलेको प्रभावकारी भूमिकालाई ध्यानमा राखेर जिल्ला कमिटीको पूर्ण बैठकले सर्वसम्मत रुपमा एकल सिफारिस गरेको एमाले सल्यानका अध्यक्ष भिमबहादुर सेनले बताउनुभयो । सल्यानमा एउटा मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको छ । बैठकले भर्खरै सम्पन्न पार्टीको एघारौं महाधिवेशनको सन्देशसभा तथा विस्तारित बैठक जिल्लाका दसवटै पालिकाहरुमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

बनगाड कुपिण्डे नगरपालिकामा पुस १९ गते, शिद्धकुमाख गाउँपालिकामा २४ गते, त्रिवेणी गाउँपालिकामा २५ गते, शारदा नगरपालिकामा २६ गते, छत्रेश्वरीमा २७ गते, कुमाखमा २८ गते, दार्मामा २९ गते, बागचौर नगरपालिकामा ३० गते तथा कालिमाटी गाउँपालिकामा माघ २ गते रकपुरकोट गाउँपालिकामा माघ ३ गते सभा एवम् पार्टीको विस्तारित बैठक गर्ने निर्णय भएमो एमाले सल्यानका उपसचिव तथा प्रचार विभाग प्रमुख गणेशमान सिंहले जानकारी दिनुभयो ।