शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत २० गते । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा ५० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८३० कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार कायम भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस