आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेका सर्लाहीका आधा दर्जन पालिकाको सेवा अनिश्चित बनेको छ । १३ देखि २८ वर्षसम्मका युवापुस्ता अर्थात् जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, हरिपुर्वा र ईश्वरपुर नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाको सेवा तत्काल सूचारु गर्न समस्या देखिएको हो । लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले आगजनी र तोडफोडबाट कार्याल
तनहुँ जिल्लामा डेंगु सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ । भदौ २९ गते आइतबारसम्म जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरी १५३ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा सुरक्षामा चुनौती थपिएपछि जिल्लाका विभिन्न ठाउँका चौकी छाडेर हिँडेका जिल्ला प्रहरी कार्यालयका प्रहरी फिर्ता हुन थालेका छन् । जिल्लामा निषेधाज्ञा र कफ्र्यु हटेसँगै जनजीवन सामान्य हुन थालेपछि प्रहरी आफू कार्यरत चौकीमा फर्किन थालेका हुन् । सो क्रममा आइतबार सोनमा गाउँपालिकाको मगरथाना र औरहीको प्रहरी चौकीलगायतका ठाउँमा प्रहरी फिर्ता भएका छन् ।
वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको चङ्खेली गाउँपालिकामा ‘फोरजी’ सञ्चालनमा आएपछि यहाँका नागरिक खुसी भएका छन् ।
हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले जेनजीको आन्दोलनका क्रममा आफूबाट मन दुखाउने कार्य भएको भन्दै क्षमायाचना गर्नुभएको छ ।
जेनजीको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनी र तोडफोडबाट चितवन जिल्लाका ७९ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
यसवर्ष हुम्ला जिल्लाको सिमकोटबाट हिुल्सा हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने भारतीय र अन्य देशका पर्यटकहरुको सङ्ख्या छ हजार कटेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामी भाषा
थारू समुदायका महिलाले मनाउने मुख्य पर्वका रूपमा रहेको जितिया पर्व शनिबारदेखि सुरु भएको छ तर यस वर्ष नवलपुरको थारू समुदायमा भने जितिया पर्वको कुनै रौनक छैन ।
यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ ।
जेनजी आन्दोलनपश्चात् प्रहरी प्रशासनको ध्यान आन्दोलन नियन्त्रणतर्फ केन्द्रित भएपछि तराईका विभिन्न जिल्लामा चोरी डकैतीका घटना बढेका छन् । रुपन्देही, बाँके र बर्दियाका ग्रामीण क्षेत्रदेखि सहरी टोलसम्म चोरीको त्रास फैलिएको छ । स्थानीय बासिन्दाले गाउँ गाउँमा गस्ती गर्ने, जाग्राम बस्ने र आफैँ सुरक्षा गर्ने अभियान थालेका छन् ।
देशभर चलेको जेनजीको आन्दोलनका कारण रोकिएको जिल्ला अदालत स्याङ्जाको कामकाज सोमबारदेखि पुनः सुचारु हुने भएको छ । आन्दोलनका क्रममा सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीसहित सर्भरमा क्षति पुगेपछि ठप्प भएको थियो ।
बर्सौंदेखि टाँगा चलाएर जीविकोपार्जन गर्दै आएका बर्दियाका टाँगाचालक पछिल्लो समय कामविहीन हुन थालेका छन् । सवारीसाधनका आधुनिक साधनको प्रयोग बढ्न थालेपछि टाँगाको उपयोग घट्दै गएसँगै टाँगाचालक कामविहीन हुन थालेका छन् ।