जेन्जी प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुरोध गरेको छ ।
जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका १०१ कैदीबन्दीहरु कारागारमा फर्केका छन् ।
जेनजीको आन्दोलनको क्रममा पोखरा महानगरपालिका ध्वस्त बन्यो । भवन जलेर नष्ट भएपछि महानगरले केही समय सेवा दिन सकेन । महानगरले आगामी १ असोजदेखि कार्यालय सञ्चालनको घोषणा यसअघि नै गरिसकेको थियो ।
जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका ३० जना कैदीबन्दीलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराउनुभएको हो।
ताप्लेजुङमा १५ औँ रेडपान्डा (हाब्रे) दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गको लमजुङ-पोखरा सडक खण्ड अवरुद्ध भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्य अझै अनिश्चित रहेको बताउँदै अन्ततः चीनले नै यसको भाग्य निर्धारण गर्ने सङ्केत दिनुभएको छ ।
सङ्घीय संसद् सचिवालयले यही भदौ २४ गते भएको जेनजी युवाहरुको प्रदर्शनका क्रममा लटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।
जिल्लाको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ ।
नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले नेपालगन्ज उपमहानगरपालिकालाई प्रथम सेवा विन्दुका रुपमा सेवा विस्तार गर्न ताकेता गरेको छ ।
अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड पूर्ण अवरुद्ध भएको छ ।
अन्तरिम सरकारका तीन नयाँ मन्त्रीको शपथ सोमबार हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
रौतहटको गौर नगरपालिकाले सोमबारदेखि नियमित रुपमा सेवा प्रवाह सुचारु गर्ने जनाएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले नगरपालिका कार्यालय, सबै वडा कार्यालयलाई स्थगित सेवा आजदेखि पुनः सुचारु गर्न निर्देशन दिएको बताउनुभयो ।