जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको कर्णाली प्रदेश सरकारको कार्यसम्पादन लयमा फर्किन थालेको छ ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका ११८ कैदीबन्दी कारागारमा फर्किएका छन् ।
उच्च अदालत पोखरा, बागलुङ इजलासले जेनजी आन्दोलनका कारण स्थगित भएको मुद्दाको सुनुवाइलगायत अदालतको नियमित कामकारबाही सोमबारदेखि सञ्चालन हुने भएको छ ।
गत भदौ २४ गते भएको जेनजीको आन्दोलनबाट करिब तीन करोडको क्षति भएको प्रहरी जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विष्टले दिनुभएको जानकारी अनुसार सरकारी, गैरसरकारी कार्यालय, पार्टी कार्यालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्रीको घरमा गरिएको आगलागी, तोडफोडबाट करिब तीन करोड मूल्य बराबरको क्षति भएको छ ।
जेनजीको प्रदर्शनका क्रममा सप्तरीमा भएको क्षति विवरण सङ्कलन सुरु भएको छ । जिल्लामा भएको आगजनी र तोडफोडबाट सबैभन्दा बढी क्षतिग्रस राजविराज नगरपालिकामा विवरण सङ्कलनको काम सुरु भएको हो ।
बागलुङमा घरको पहिलो तलाबाट खसेर एक बालक गम्भीर घाइते भएका छन् ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक खण्डमा सुख्खा पहिरो पन्छाउन नेपाली सेनाले ब्लास्टिङ गरेर पन्छाउने भएको छ ।
घोराही उप–महानगरपालिकाकाले सबै वडा कार्यालयलाई स्थगित सेवा पुनः सुचारु गर्न निर्देशन दिइएको छ ।
गतहप्ताको आन्दोलनबाट वीरगञ्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगञ्जको कार्यालयमा तोडफोड र आगजनीबाट रु तीन करोड बराबरको क्षति भएको छ ।
गुल्मीको घमिरमा भिषण पहिरो गएको छ । मालिका गाउँपालिका–७ घमिरको टुनिपाटामा गएको पहिरोबाट १२ घर जोखिममा परेका छन् । टुनिपाटा घमिर र छापको सिमाना हो । भदौ २७ गतेदेखि सुरु भएको पहिरोको नजिक बस्ती छ ।
जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार ।
हरेक मुलुकमा कतिपय कालखण्ड असहज हुन्छन् । परिवर्तनका निम्ति कष्टसाध्य पीडा भोग्नु पर्छ ।
सबैलाई सर्वविदितै छ कि कुन परिस्थितिमा यो अन्तरिम सरकार गठन गर्नुपर्ने आवश्यकता पर्न आयो । २७ घण्टाको आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन गएको छ । देशभर ७२ जना युवकयुवतीले मृत्युवरण गर्नु प¥यो । सुरक्षा निकाय, प्रहरीका बिट, सर्वोच्च अदालत, तराईका सम्पूर्ण जिल्ला अदालत, उच्च अदालतलगायत सिंहदरबारसमेत आगोमा बीभत्स तरिकाले जलेर गयो ।
जेनजी पुस्ताले गरेको आन्दोलनले देशमा सिर्जना भएको विषम परिस्थितिका कारण बन्द भएको ताप्लेजुङ जिल्ला अदालतले सोमबारदेखि सुचारु (नियमित) गर्ने भएको छ ।
देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ ।