झापाको अर्जुनधारा नगरपालिका –६ महानन्द चोकमा मोटरसाइकल दुर्घटनामा घाइते अर्जुनधारा –६ निवासी ३० बर्षिय बुद्ध तामाङको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।
भद्रपुर विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको छ ।
डा निकोलस भुसाल र हरिश विष्टबीच सरकारसँग छ बुँदे सहमति भएपछि ११ औँ दिनमा अनसन तोडिएको छ ।
दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योलविरूद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ ।
नेकपा (एमाले) म्याग्दीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता प्रकाश पौडेलसहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गर्नुभएको छ।
काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।
२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ गर्ने कार्य सुरु भएको छ ।
नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ ।
न्यायपालिका अधिकृत समाजले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ ।
कास्कीको पोखरा महानगरका मुख्य व्यापारिक क्षेत्रमा सडक अवरुद्ध हुने गरी राजनीतिक दलहरुका भेला, जुलुसहरु नहुने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको छ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ।
बाँकेको दुईवटा बालसुधार गृहबाट भागेका ९६ जना बालबन्दी अझै अझै पनि पक्राउ पर्न सकेका छैनन् ।
गुल्मी चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।