गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १९ गते । चलचित्र ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौँ आएर एक युवकले गरेको सङ्घर्ष देखाइएको छ । पढाइमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौँ आएर जीवन बदल्न गरेको सङ्घर्ष ट्रेलरमा देख्न सकिन्छ ।
गाउँमा बसेर कल्पना गरे जस्तो काठमाडौँ सहर नरहेको यथार्थ ट्रेलरले देखाउने प्रयास गरेको छ । फोहोर उठाएर जिन्दगी बदल्छु भन्ने विकल्पमा पुगेको युवकको जिन्दगीको कठिन सङ्घर्ष देखाउँदै ट्रेलरले काठमाडौँको सङ्घर्षशील जीवन र त्यसले परिवारको सपनामा पारिरहेको प्रभावलाई प्रस्ट पारेको छ ।
मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) निर्देशित चलचित्रमा बल्छीसँगै र वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पूजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् । चलचित्रमा योगेशकाजी शाहको बिजिएम, शङ्कर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डिओपी र विपिन मल्लको सम्पादन रहेको छ ।