• २० चैत २०८२, शुक्रबार

४० हजार रुपियाँ घुससहित सशस्त्रका प्रहरी निरीक्षक पक्राउ

blog

अख्तियारका कर्मचारीले शसस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीलाई नियन्त्रणमा लिँदै । तस्बिर : विजयकुमार साह

 विजयकुमार साह 

ढल्केबर, चैत २० गते ।धनुषाको मिथिला नगरपालिका-१०, लालगढबाट ४० हजार रुपियाँ घुस रकमसहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका छन् ।

शुक्रबार शसस्त्र प्रहरी बल नकटाझिज धनुषामा कार्यरत प्रहरी निरीक्षक वकिल अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग ४० हजार रुपियाँ घुस रकम लिइरहेको अवस्थामा प्रहरी निरीक्षक अधिकारीलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

ठेकेदारसँग अनधिकृत रकम माग गरेको सूचनाका आधारमा अख्तियारको टोलीले पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका शसस्त्र प्रहरी निरीक्षक अधिकारीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो ।