शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
त्रिवेणी (नवलपरासी), पुस १८ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा १५ शय्याको नगर अस्पताल भवन निर्माण भएको छ ।
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले राससलाई बताउनु भयो । भवन निर्माणसँगै विशेषज्ञसहितको सेवालाई प्रवाह गरिने उहाँले बताउनु भयो ।
अस्पतालमा हप्ताको छ दिन विशेषज्ञ सेवा उपलब्ध हुने छ । हाडजोर्नी, नाककान, घाँटी, छाला, पेट, छाती तथा मुटुरोग, स्त्रीरोग, मानसिक रोगलगायत विशेषज्ञ सेवा, आँखा र दन्त उपचार हुँदै आएको छ । अस्पतालले अहोरात्र सेवा प्रदान गर्दै आएको छ । रासस