जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाइ राखिएका ११५ थान अवैध भरुबा बन्दुक बरामद गरेको छ ।
गोरखाको आरुघाट गाउँपालिकाले बुढीगण्डकी नदीमा करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्न कडा प्रतिबन्ध लगाएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–१, स्थित बुढीमोरङमा रहेको प्राचीन मोराङ्गे भनेर चिनिने मोराहाङ राजासँग जोडिएका अवशेष संरक्षणविहीन हुँदा ओझेलमा परेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले तस्करी नियन्त्रणको माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमार्फत सात बुँदे ज्ञापन पत्र पठाएको छ ।
चिसो बढ्दै गएसँगै बैतडीका सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै मानवीय सहयोगका कार्यक्रम अघि बढाइएको छ ।
बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।
१३औँ राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा सामाजिक सरोकारका विषयमा निरन्तर कलम चलाउँदै युवामुखी पत्रकारितामा योगदान पुर्याउँदै आएका पत्रकार भोजराज थापा सम्मानित हुनु भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन दिएको छ ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अभिनन्दन तथा वरिष्ठ लोक गायिका कोमल ओलीलाई दीर्घ साधना सम्मान अर्पण गर्दै, राप्ती समाज काठमाडौँद्वारा आयोजित नवौँ राष्ट्रिय रापती म्युजिक अवार्ड–२०८२ काठमाडौँमा सम्पन्न भएको छ ।
तनहुँको व्यास नगरपालिका–१२ मा एक युवकलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सुन्तला उत्पादनमा देशकै अग्रणी जिल्ला स्याङ्जामा यस आर्थिक वर्षमा एक अर्ब ३२ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।
धनकुटाका सुमन श्रेष्ठ यू–१९ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
मोदी गाउँपालिका– १, भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८, रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
उपल्लो मुस्ताङमा सन् २०२४ को तुलनामा विदेशी पर्यटक घटेका छन् । यसवर्ष अक्टोबरमा उपल्लो क्षेत्रको भ्रमण गर्ने तयारीमा रहेका विदेशी पर्यटक जेनजी आन्दोलन तथा जेलबाट कैदीबन्दी भागेपछि असुरक्षित महसुस गर्दै बुकिङ रद्द गरेकाले पर्यटकको आगमनमा कमी आएको हो ।
सर्वोच्च अदालतको आदेशबाट भूमिसम्बन्धी समस्या समाधान आयोगले पुनः वैधानिकता पाएसँगै पश्चिम नवलपरासी जिल्लामा रोकिएको जग्गा नापजाँचको कार्यले तीव्रता पाएको छ ।