• १८ पुस २०८२, शुक्रबार

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

blog

पर्वत,  पुस १८ गते ।  भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । 

मोदी गाउँपालिका–१, भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८, रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ । आगमी एक महिनामा सम्पूर्ण काम पूरा हुने पोखरास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर ध्रुव पोखरेलले बताउनु भयो । पुल निर्माणका लागि छ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो । रासस