• २० चैत २०८२, शुक्रबार

जाजरकोटमा एसईई उत्तरपुस्तिका जाँच सुरु

blog

माध्यमिक शिक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षण गर्दै । तस्बिरः वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, चैत २० गते । जाजरकोटमा माध्यमिक शिक्ष परीक्षा (एसईई) परीक्षाको उत्तरपुस्तिका जाँच गर्न सुरु गरिएको छ । जाजरकोटका १६ वटा परीक्षा केन्द्रमा उत्तरपुस्तिका जाँच गर्न सुरु गरिएको हो । 

शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीका अनुसार बिहीबार, शुव्रmबार भएका नेपाली, अग्रेजी विषयको परीक्षाका उत्तरपुस्तिका परीक्षा केन्द्रमा जाँच गर्न थालिएको छ । सरकारले एक महिनाभित्र एसईईको परीक्षाफल प्रकाशन गर्न सुझाव दिएपछि परीक्षा केन्द्रमै विषय विज्ञद्वारा उत्तरपुस्तिका परीक्षण भइरहेको छ । 

उहाँका अनुसार जाजरकोटका १६ वटा परीक्षा केन्द्रमा मर्यादित, शान्तिपूर्ण रुपमा परीक्षा भइरहेका छन् । यतिबेलाको एसईई परीक्षाले २०५९ भन्दा पहिलाको झल्को दिएको छ । आगामी बर्षदेखि विद्यार्थीलाई नियामित रुपमा पढ्ने र शिक्षकलाई नियामित रुपमा पढाउनु पर्छ भन्ने सन्देश दिएको उहाँको भनाइ छ । 

जाजरकोटका ७७ वटा माध्यामिक विद्यालयका चार हजार ८१३ जना विद्यार्थी  माध्यामिक शिक्ष परीक्षा (एसईई) मा सहभागी भएका छन् । यस बर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षामा दुई हजार ४३० छात्र, दुई हजार ३८३ छात्रा परीक्षामा सहभागी भएका छन् । गत बर्ष चार हजार ३१० जना छात्र, छात्राले परीक्षा दिएको थिए । गत बर्षको अनुपातमा यस बर्ष परीक्षार्थी बढेका छन् । 

बिहीबारदेखि सुरु भएको माध्यामिक परीक्षा (एसईई) परीक्षालाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकाय परीक्षा केन्द्रमा परिचालित भएका छन् ।