• १७ पुस २०८२, बिहिबार

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, एक घाइते

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), पुस १७ गते । सप्तरीको राजविराज नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नगरपालिका-१६, बोरिया स्थित सखडा–राजविराज भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका हुन् ।

बुघबार साँझ करिब ८ बजे सखडाबाट राजविराजतर्फ आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०१–००४ प. ३७८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थिए । 

दुर्घटनामा राजगढ गाउँपालिका वडा ६ इनर्वा निवासी २३ वर्षीय तजमुल मिया र सोही स्थानका २६ वर्षीय आकबर खान घाइते हुनु भएको थियो । घाइते दुवैलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएकोमा मोटरसाइकल चालक अकबर खानको उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

घाइते तजमुल मियाँको विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनामा परेका मोटरसाइकल र ठक्कर दिने स. १ त. १२६६ नम्बरको ट्याक्टरसहित त्यसका चालक विष्णुपुर गाउँपालिका वडा नम्बर १ जमुनी मधेपुरा निवासी ४७ वर्षीय महेशप्रसाद यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ ।