शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १७ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।
गृहमन्त्री अर्यालले वीर अस्पतालमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बैठकबाट फर्किए लगत्तै उहाँ भुसालको उपचार भइरहेको वीर अस्पताल पुग्नु भएको हो ।
गृहमन्त्री अर्यालले अनसनरत डा. निकोलस भुसाललाई भेटेर उचित माग सबै सम्बोधन हुने प्रतिबद्धता जनाउँदै अनशन तोड्न आग्रह गर्नु भएको छ।