शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १७ गते । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि अस्ट्रेलिया टोलीको घोषणा भएको छ ।
स्ट्रेलियाले मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा टोलीमा म्याथ्यु शर्ट, म्याथ्यु कुहनेमान र जेभियर बार्टलेटले पहिलो पटक टोलीमा स्थान बनाउनुभएको छ ।
विश्वकपमा अस्ट्रेलियाले समूह ‘बी’ बाट प्रतिस्पर्धा गर्नेछ । यस समूहमा आयरल्यान्ड, जिम्बावे, श्रीङ्लका र ओमान रहेको छ ।
अस्ट्रेलियन विश्वकप टोली
मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कुपर कोनली, प्याट कमिन्स, टिम डेभिड, क्यामरन ग्रीन, नेथन एलिस, जोस हेजलवूड, ट्राभिस हेड, जोस इङ्गिलस, म्याथ्यु कुनेमान, ग्लेन म्याक्सवेल, म्याथ्यु शर्ट, मार्कस स्टोइनिस र एडम जाम्पा ।