शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १७ गते। मेटलाइफ नेपालले जेनजी आन्दोलनमा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निमाणका लागि २५ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ।
बिहीबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेटलाइभका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले २५ लाख नगद प्रदान गर्नुभएका अर्थमन्त्रालयका प्रवक्ता सहसचिव टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो।
कोषमा योगदान पुर्याएकोमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले मेटलाइफ नेपाललाई धन्यवाद दिनुभएको छ।
अर्थ मन्त्रालयका अनुसार आजको मितिसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा कुल १२ करोड ३३ लाख ६५ हजार रुपियाँ जम्मा भएको छ।