रुपन्देही जिल्ला नेपालको सुगम जिल्लामध्येमा पर्दछ । यही सुगम जिल्लाका अधिकांश ग्रामीण बस्तीमा भने अहिले पनि यातायातको सुविधा पुगेको छैन । जिल्लाको विकट गाउँबस्तीसम्म सडक यातायात सेवा पुर्याउन यातायात व्यवसायी र स्थानीय जनप्रतिनिधि सक्रिय भएका छन् । यातायातको सुविधा नहुँदा बुटवल र भैरहवा जस्ता ठुला सहरसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । यातायात व्यवसायीले सुविधा दिन बुटवल र भैरहवादेखि विभिन्न गाउँसम्म बस सेवा पुर्याएका छन् । बुटवल यातायात प्रालिले बुटवलको गोलपार्क, जोगीकुटी, मगरघाट, रानीगन्ज, मोतीपुर, रानीबारी, दोगाना, मोहनगन्ज, अमुवा, मिलनचोक हुँदै पुनः गोलपार्कसम्म यातायात सेवा सुरु गरेको हो ।
पर्वतको कुस्मा नगरपालिका–६, बान्द्रेविढी चौरमा निर्माणाधीन कुस्मा बसपार्कको काम निर्माणमा ढिलाइ भइरहेको छ। बजेट अभावकै कारण तोकिएको समयभित्र निर्माण गर्न कठिनाइ भएको निर्माण कम्पनीले बताएको छ। निर्माण कम्पनीले आयोजनाबाट समयमा रकम पाउन नसकेपछि निर्माण सम्झौताको म्याद थपिने भएको छ। असोज १५ भित्र सम्पन्न गरिसक्नुपर्ने भनी निर्माण कम्पनीले एक वर्षअघि सात करोड १५ लाख लागतको बसपार्क निर्माणको सम्झौता गरेको थियो।
चौपायामा फैलिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि बर्दीबास नगरपालिकाले खोप अभियान सुरु गरेको छ । प्रकोप बनेको ‘लम्पी स्किन’ रोकथाम गरी किसानलाई राहत दिन स्रोतसाधनको कमी हुन नदिने नगरप्रमुख प्रह्लाद क्षेत्रीले बताउनुभयो । खोप अभियान सञ्चालन गर्न नगरपालिकाको विपत् व्यवस्थापन कोषबाट पशु शाखालाई १० लाख रुपियाँ निकासा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनुभयो । उहाँका अनुसार
लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।
फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा पक्की मोटरेबल पुल बनेपछि यातायात सहज भएको छ । गाउँपालिकाको वडा नम्बर २ खेजेनिम र वडा नम्बर ३ लिङ्खिमको सिँवा जोड्ने गरी तमोर नदीमा पक्की पुल निर्माण भएपछि यातायात सेवा सहज भएको हो ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ स्थित अमरज्योति सामुदायिक वन क्षेत्रभित्र सालका काठ कटान तीव्र पारिएपछि स्थानीय उपभोक्ता आन्दोलित भएका छन्। स्थानीय भरतबहादुर कार्कीका अनुसार जिल्ला वन डिभिजनल कार्यालयको कटान आदेश, छपान आदेश कुनै पनि कार्य नगरी सामुदायिक वनका अध्यक्षको मिलेमतोमा अमरज्योति सामुदायिक वन क्षेत्रभित्र साल कटान भएको छ जथाभाबी सालका रुख कटान हुन थालेपछि स्थानीय सामुदायिक वन उपभोक्ता सामूहिक रूपमा सामुदायिक वनका अध्यक्षलगायतलाई कारबाहीको माग गर्दै जिल्ला वन डिभिजनल कार्यालय पुगेका छन्। तथापि वन कार्यालयले कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ।
भूकम्पले क्षति पुगेको दोलखाको शैलुङ गाउँपालिका–५, काटाकुटीमा निर्माण भएको स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । भारत सरकारको एक करोड ७३ लाख रुपियाँ लगानीमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन हस्तान्तरण गरिएको वडाध्यक्ष एवं व्यवस्थापन समिति अध्यक्ष दिलकुमार तामाङले जानकारी दिनुभयो । डेढतले भवनमा तल्लो तलामा १० र माथिल्लो तलामा पाँच गरी १५ कोठा रहेका छन् ।
दाङको गढवा गाउँपालिका–१, पत्रिङ्गा निवासी राजकुमार थारू कुमाललाई विगतमा जस्तो आफैँ माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या छैन । परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले माटो मुछ्ने मेसिन, सामग्री बनाउन चक्का घुमाउने मोटरसँगै बनाएका भाँडा पकाउन आधुनिक भट्टी निर्माण गरिदिएपछि पछिल्लो समय माटोका भाँडा बनाउने काममा सहज भएको राजकुमार बताउनुहुन्छ ।
सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
मेलम्ची बाढीले बगाएको फट्टेको मोटरेबल पुल तीन वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन । मेलम्ची नगरपालिका–११ र ७ लाई जोड्ने पक्की पुल निर्माण नभएपछि उक्त स्थानमा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गर्न थालिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको साङ्गेतडासम्मका साँघुरा मोड फराकिलो बनाइने भएको छ। पेट्रोलियम पदार्थ अन्वेषणका लागि ठुला उपकरण ल्याउनुपर्ने भएपछि मोड सुधार गर्न लागिएको हो। सरकारले अन्तिम चरणको पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेको छ।
ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र धमाधम वितरण भइरहेको छ । नाम दर्ता भएको करिब तीन वर्षपछि यहाँ राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको हो ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार २०७७ साउन १३ देखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता सुरु गरिएको थियो । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गरिएको तीन वर्षपछि भर्खरैदेखि परिचयपत्र वितरण गर्न सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खराब मौसमका कारण कैलालीका किसानलाई धान भित्र्याउन समस्या भएको छ । खेतमा धान पाकेको बेला मनसुन फेरि सव्रिmय भएपछि समस्या भएको गुनासो किसानको छ । जिल्लाका सबै क्षेत्रमा धानबाली पाकेर काट्ने बेला भएको छ तर पानी पर्न थालेपछि ढुक्क भएर धान काट्न र भित्र्याउन समस्या भएको छ । कतिपय किसानले भने जोखिम मोलेर धान काटिसकेका छन् ।
स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको मूल्य तोकिएको छ । यसअघि दानाका हिसाबले बिक्री भई रहेको कारण सबैतिर स्याउको मूल्य निर्धारण गर्न दबाब आई रहेको बेला मूल्य तोकिएको हो ।