चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि ४३ मतदान स्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको छ । एक लाख २४ हजार ६९५ मतदाताका लागि सहज हुने गरी केन्द्रहरू तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच उद्योग विकासका लागि इकोसिस्टमको विकास गरी उद्योगको उत्पादकत्व बढाउनेसम्बन्धी सम्झौता भएको छ । राजधानीको माइतीघरस्थित महासङ्घ सचिवालयमा आइतबार आयोजित एक समारोहका बीच दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
भीरकोट नगरपालिका–१, सिसौघारी आँधीखोला किनारमा निर्माण गरिएको पार्क पछिल्लो समय सबैको आकर्षणको केन्द्र बनेको छ। यो पार्क बालक, युवा, प्रौढदेखि वृद्धसम्म सबैको मनै लोभ्याउने गरी निर्माण गरिएको छ। सिद्धार्थ राजमार्गबाट करिब पाँच सय मिटरभित्र रहेको यस पार्कमा आउने सर्वसाधारणको सुरक्षाका लागि सीसी क्यामरासमेत जडान गरिएको छ। देशकै पहिलो बालमैत्री नगरपालिका भीरकोटमा बालवाटिकाको कल्पनाअनुरूप बालवाटिका एवं भीरकोट पार्क बनाएको हो।
पूर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जिप सफारी सेवाको सुरुवात गरिएको छ। पर्यटनको प्रचुर सम्भावना रहेको देवचुली पिप्रहरबाट पहिलो पटक निकुञ्जमा जङ्गल सफारी गरिएको हो। पछिल्लो समय जङ्गल सफारीप्रति पर्यटकको मोह बढ्दै गएकोले होटल, होमस्टे तथा पर्यटन व्यवसायी समिति देवचुलीको आयोजनामा राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरअन्तर्गत गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्मको नयाँ मार्गमा जिप सफारी सुरु गरिएको हो।
जग्गाको कित्ताकाट नखुल्दा कालिकोटमा अंशबन्डा समेत रोकिएको छ । कालिकोटका स्थानीय तहले एक वर्ष पुग्न लाग्दा पनि जग्गाको वर्गीकरण गर्न सकेका छैनन् ।
मधेश प्रदेशको गौरवको आयोजनाका रूपमा प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश रहेको मधेश शहीद मार्गको डीपीआर निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले आइतबार मधेश शहीद मार्गको सार्वजनिकीकरणका लागि आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सो जानकारी गराउनुभएको हो। पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गको मध्य भाग रहने गरी मधेश प्रदेशको सप्तरीदेखि पर्सासम्मको आठवटै जिल्लाको भूभागलाई समेट्ने गरी शहीद मार्ग निर्माण हुने र त्यसका लागि डीपीआर निर्माण गर्न टेन्डर प्रक्रिया भइसकेको उहाँले जानकारी गराउनुभयो। दुई महिनाभित्र डीपीआरको प्रतिवेदन तयार गर्ने गरी
सप्तरी जिल्लालाई आँपको खेती हुने भूगोलका रूपमा चिनिन्छ। लोकमार्गदेखि जिल्लाको उत्तरी भूभागलाई जिल्लाको आँप क्षेत्रका रूपमा लिइन्छ। यहाँ किसानको मूल्यवान् आँपका बगैँचा छन्। जसलाई वर्षको एक पटक बेचेपछि वर्षभरिलाई परिवार धान्न सक्ने आम्दानी हुन्छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार एक कृषकले एक मौसममा १५ देखि २० लाख रुपियाँको आँप बेच्ने गरेको रेकर्ड छ। तिरहुत गाउँपालिकाका आँप कृषक अयोधीप्रसाद यादवले वर्षको ५० देखि सय क्विन्टलसम्म आँप भारत निर्यात गर्नुहुन्छ भने त्योभन्दा बढी नेपालकै ठूला सहरमा बेच्नुहुन्छ।
जिल्लाको सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकास्थित गाईघाटमा अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माणमा चरम ढिलासुस्ती भएको छ। नेपाल सरकारको करिब १३ करोड रुपियाँको लागतमा त्रियुगा नगरपालिका–१२ स्थित हातीमारा क्षेत्रमा सो बसपार्क निर्माण हुँदै छ। व्यवस्थित बसपार्कको अभावमा व्यवसायीले कहिले गाईघाट बजारको सडकमा त कहिले त्रियुगा नदीको बगरमा सवारी पार्किङ गर्दै आएकामा एक वर्षभित्र सुविधासम्पन्न बसपार्क निर्माण गरेर सञ्चालनमा ल्याउने गरी मधेश प्रदेशस्थित सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजको निगरानीमा २०७६ सालमा सो योजना सञ्चालनमा ल्याइएको थियो।
फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको पुष्प मेलामा लक्ष्यभन्दा बढी कारोबार भएको छ । शुक्रबारबाट सुरु भएको २४औँ पुष्पमेलामा आइतबार ३० लाखबराबरको कारोबार भएको एसोसिएसन नेपाका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । ‘स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित चैत १७ गतेदेखि सुरु भएको मेलाबाट ७५ लाखको कारोबार लिने लक्ष्य लिएको छ । त्यसमध्ये पहिलो दिन १९ लाख, दोस्रो दिन ३५ लाख र तेस्रो दिन ३० लाखको कारोबार भएको उहाँले बताउनुभयो । चौथो दिनसम्म एक करोडभन्दा बढीको कारोबार हुने आफूले विश्वास लिएको बताउनुभयो ।
आधुनिक समयको प्रेम र यौनमाथि लेखिएको आख्यानकार गोपी सापकोटाको उपन्यास ‘चिसो बाफ’ काठमाडौँस्थित मण्डला थिएटरमा विमोचन गरिएको छ । आख्यानकार अमर न्यौपाने, पत्रकार दीपक सापकोटा, समालोचक ज्ञानु अधिकारी र लेखक सापकोटाले उपन्यासको संयुक्त रूपमा विमोचन गर्नुभयो । आख्यानकार न्यौपानेले उपन्यासले नेपालीमा लेखिएका कथाभन्दा नवीन शैली बोकेको बताउँदै लेखकले असामान्य कथालाई सहज ढङ्गले लेखेकोमा प्रशंसा गर्नुभयो ।
बाँकेस्थित महेन्द्र पुस्तकालय नेपालगञ्जले आयोजना गरेको नेपाल–भारत साहित्य सङ्गोष्ठीमा भाषा आयोगका दुई जना सदस्यसहित नेपाल र भारतका २० जना साहित्यकारलाई सम्मान गरिएको छ । पुस्तकालयले भाषा आयोगका सदस्यद्वय डा. अमर गिरी र गोपाल अश्क, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मीलाई सम्मान गरेको हो ।
जाजरकोटमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ । नलगाड नगरपालिका ४ प्याराधार निवासी ४० वर्षीय दीपक सार्कीको आइतबार दिउँसो रुखबाट लडेर मृत्यु भएको हो ।
उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् । यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानले बर्सेनि आन्दोलन गर्दै आइरहेका छन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितसँग भएको सहमतिअनुसार गठन हुने न्यायिक आयोग अधिकार सम्पन्न हुने बताउनुभएको छ। सरकार र पीडितबीच भएको सहमतिबारे प्रतिनिधि सभामा जानकारी दिँदै मन्त्री श्रेष्ठले आयोगले उजुरी लिने, अनुसन्धान र कारबाहीका लागि सिफारिस गर्ने बताउनुभयो।
कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो ।