कुनै पनि प्रजातान्त्रिक मुलुकमा स्वतन्त्र न्यायपालिका आवश्यक हुन्छ । यो नै प्रजातन्त्रको प्राण र पहिचान हो । सर्वोच्च अदालत यतिबेला कायममुकायममा चलिरहेको छ । कायममुकायम भनेको नेतृत्वविहीन जस्तै हो । यसले न्यायक्षेत्र सङ्कटमा परेको सहजै महसुस गर्न सकिन्छ । कानुनी भाषामा कायममुकायम भनेको प्रधानन्यायाधीश होइन । सर्वोच्च अदालतको न्यायाधीशसरह नै हो । करिब १३ महिनाभन्दा धेरै समयदेखि सर्वोच्च प्रधानन्यायाधीश विहीन अवस्थामा छ । यही भएर संवैधानिक अङ्गमा रहने पदाधिकारी खाली हुनुभन्दा एक महिनाअघि नै नयाँ पदाधिकारी नियुक्त गर्ने संवैधानिक व्यवस्था र हाम्रो परम्परा छ । व्यक्ति यो र त्यो
शिक्षा एवं समृद्धिको आधार हो । त्यसैले शिक्षालाई नागरिकको मौलिक हक र राज्यको दायित्वको रूपमा नेपालको संविधानले अङ्गीकार गरेको छ । यससम्बन्धी राज्यको अधिकार र जिम्मेवारी तीन तहका सरकारहरूमा वियोजन गरिएको छ । सङ्घीयता कार्यान्वयनसँगै शैक्षिक व्यवस्थापनको पनि सङ्घीय प्रणालीअनुरूप रूपान्तरण र कार्यान्वयन सुरु भएको छ । विभिन्न कानुन निर्माण तथा सातवटा प्रदेश र सात सय त्रिपन्न स्थानीय तहमा शैक्षिक संरचना खडा भई शैक्षिक व्यवस्थापन र सेवा प्रवाह प्रारम्भ भएको छ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीहरूलाई सरकारी विद्यालयमा अध्यापन गराउने नियम अनिवार्य गरिएको छ ।
नेपालमा उच्च ओहोदामा बस्ने व्यक्तिले सल्लाहकार राख्ने प्रचलन छ । यो प्रचलन कहिलेदेखि सुरु भयो भन्ने ठ्याक्कै मिति यकिन छैन तर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि पालिका प्रमुखसम्मले हिजोआज सल्लाहकारमा आफूनिकटका व्यक्तिलाई नियुक्ति दिने गरेका छन् । नियुक्तिको बेग्लै सरकारी मापदण्ड छ । सेवासुविधा सोहीअनुसार हुन्छ । सल्लाहकारका लागि कुनै खुला प्रतिस्पर्धा गर्नुपर्दैन । उच्च ओहोदामा बस्नेहरूको व्यक्तिगत, गुटगत, भावनात्मक, व्यावसायिक जुनसुकै निकटता भएका व्यक्ति सल्लाहकारमा नियुक्ति हुने गरेका उदाहरणहरू छन् । सल्लाहकारका पनि किसिम छन् । राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, परराष्ट्र सल्लाहकार, आर्थिक सल्लाहकार, सुरक्षा नीति सल्लाहकार आदि सल्लाहकार राख्ने गरिएको छ ।
चितवन खैरिनीका मह किसान समूह अहिले महोत्तरी झरेका छन् । ३० जनाको सङ्ख्यामा रहेका यी किसान परिवार मेलिफेरा जातिको दुई हजार माहुरीका घारसहित मधेश झर्नु भएको हो । यो सिजनमा बर्दिबासका जङ्गली क्षेत्रबाट दुई करोड मूल्यबराबरको मह सङ्कलन गर्ने उहाँहरूको लक्ष्य छ । अकुत सम्पदाको भण्डार मानिएको महोत्तरीको जङ्गलबाट उत्पादित महको प्रारम्भिक अर्थशास्त्रले यहाँको वन सम्पदा कति महìवपूर्ण रहेछ भन्ने अर्को उदाहरण थपेको छ ।
ललितपुरको कुपन्डोलमा आज बिहान आगलागी हुँदा लाखौँ रकमको क्षति भएको छ । बिहान ३ः४० बजे एक्कासि आगो लागेसँगै ६ वटा विद्युतीय गाडी, ३ वटा मोटरसाइकल, एउटा भ्यान र तीन वटा स्कुटर गरी १३ वटा सवारीसाधन जलेर नष्ट भएका छन् ।
लुम्बिनी क्षेत्रको धार्मिक तथा सांस्कृतिक प्रवद्र्धन र विकासमा सहयोग पु-याउने उद्देश्यले विश्व बौद्ध सम्मेलन आयोजना गरिने भएको छ। लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले बुद्ध जयन्तीको अवसर पारेर सो सम्मेलन आयोजना गर्ने तयारी भइरहेको बताउनुभयो। “विगतका केही वर्षयता लुम्बिनीमा हुँदै आएको विश्व बौद्ध शिखर सम्मेलन रोकिएको छ,” उहाँले भन्नुभयो, “यस पटक बुद्ध जयन्तीको अवसर पारेर सम्मेलन गर्ने तयारी थालेका छौँ।” सम्मेलन बुद्ध जयन्तीको दिन आगामी अक्टोबरमा हुनेछ।
दाङको लमही नगरपालिका–८, सतबरियाबाट राजपुर गाउँपालिका जोड्ने पुल निर्माण भएको लामो समयसम्म पनि प्रयोगमा आउन सकेको छैन। जग्गा विवादका कारण निर्माण सम्पन्न भएको पुल प्रयोगमा नआएको हो।
पुथाउत्तरगङ्गा गाउँपालिकाले घरघरमै आधारभूत स्वास्थ्य सेवाको पहुँच कार्यक्रम सञ्चालनमा ल्याएको छ। यसका लागि ‘शहीद स्वास्थ्य कार्यक्रम’अन्तर्गत अध्यक्ष स्वास्थ्य कार्यक्रम र उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गरी घरघरमै उपचार सेवा सुरु गरेको हो। यस गाउँपालिकाको १४ वटै वडाका नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्ने र गाउँ/टोलमै आधारभूत औषधि उपचार तथा रोगको पहिचान गर्न थालिएको छ। सो सेवा प्रभावकारी बनाउन करारमा नियुक्त १४ जना स्वास्थ्यकर्मी नियुक्त गरिएको पालिका अध्यक्ष पुनीराज घर्ती मगरले बताउनुभयो।
चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि ४३ मतदान स्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको छ । एक लाख २४ हजार ६९५ मतदाताका लागि सहज हुने गरी केन्द्रहरू तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच उद्योग विकासका लागि इकोसिस्टमको विकास गरी उद्योगको उत्पादकत्व बढाउनेसम्बन्धी सम्झौता भएको छ । राजधानीको माइतीघरस्थित महासङ्घ सचिवालयमा आइतबार आयोजित एक समारोहका बीच दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
भीरकोट नगरपालिका–१, सिसौघारी आँधीखोला किनारमा निर्माण गरिएको पार्क पछिल्लो समय सबैको आकर्षणको केन्द्र बनेको छ। यो पार्क बालक, युवा, प्रौढदेखि वृद्धसम्म सबैको मनै लोभ्याउने गरी निर्माण गरिएको छ। सिद्धार्थ राजमार्गबाट करिब पाँच सय मिटरभित्र रहेको यस पार्कमा आउने सर्वसाधारणको सुरक्षाका लागि सीसी क्यामरासमेत जडान गरिएको छ। देशकै पहिलो बालमैत्री नगरपालिका भीरकोटमा बालवाटिकाको कल्पनाअनुरूप बालवाटिका एवं भीरकोट पार्क बनाएको हो।
पूर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जिप सफारी सेवाको सुरुवात गरिएको छ। पर्यटनको प्रचुर सम्भावना रहेको देवचुली पिप्रहरबाट पहिलो पटक निकुञ्जमा जङ्गल सफारी गरिएको हो। पछिल्लो समय जङ्गल सफारीप्रति पर्यटकको मोह बढ्दै गएकोले होटल, होमस्टे तथा पर्यटन व्यवसायी समिति देवचुलीको आयोजनामा राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरअन्तर्गत गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्मको नयाँ मार्गमा जिप सफारी सुरु गरिएको हो।
जग्गाको कित्ताकाट नखुल्दा कालिकोटमा अंशबन्डा समेत रोकिएको छ । कालिकोटका स्थानीय तहले एक वर्ष पुग्न लाग्दा पनि जग्गाको वर्गीकरण गर्न सकेका छैनन् ।
मधेश प्रदेशको गौरवको आयोजनाका रूपमा प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश रहेको मधेश शहीद मार्गको डीपीआर निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले आइतबार मधेश शहीद मार्गको सार्वजनिकीकरणका लागि आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सो जानकारी गराउनुभएको हो। पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गको मध्य भाग रहने गरी मधेश प्रदेशको सप्तरीदेखि पर्सासम्मको आठवटै जिल्लाको भूभागलाई समेट्ने गरी शहीद मार्ग निर्माण हुने र त्यसका लागि डीपीआर निर्माण गर्न टेन्डर प्रक्रिया भइसकेको उहाँले जानकारी गराउनुभयो। दुई महिनाभित्र डीपीआरको प्रतिवेदन तयार गर्ने गरी