• १ जेठ २०८१, मङ्गलबार

चरित्र हत्या गर्ने युवक पक्राउ

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज १७ गते । सामाजिक सञ्जाल फेसबुकमार्फत अरूको चरित्र हत्या गरेको आरोपमा गोरखा बजारबाट प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका –६ ठुलो आँगनका ३६ वर्षीय देबन श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनलाई पटक पटक त्यस्तो कार्य नगर्न भन्दा उल्टै पीडितलाई डर धम्की दिने गरेपछि पीडितको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।  

पक्राउ परेका श्रेष्ठविरुद्ध अभद्र शीर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनलाई जिल्ला प्रशासनमा उपस्थित गराएर म्याद थपगरी प्रहरीको हिरासतमा राखिएको छ । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।