सुदूरपश्चिम प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल भएको छ ।
पछिल्लो एक महिनामा नवलपरासी पूर्वमा डेंगुका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेपछि सचेतना अभियानमार्फत यसको रोकथाम र न्यूनिकरण अभियान सुरु गरिएको छ ।
मौसविद्ले बिहीबारबाट मौसममा क्रमिक सुधार हुँदै जाने बताउनुभएको छ । जल तथा मौसमविज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार भोलि बिहानबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ ।
अबरुद्ध कालीगण्डकी करिडोर र दलदले–द्यौबादी बुुलिगँटार सडक ।
पोखरा-३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गएराति एक युवा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवम् प्रहरी प्रवक्ता श्रवणकुमार विकले प्यूठान मलरानी गाउँपालिका-४ का २२ वर्षीय अनिश श्रेष्ठ मृतावस्थामा फेला परेको बताउनुभयो ।
जुम्लाका सामुदायिक विद्यालयहरूमा नमुनाको रूपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष स्थापना गरेको त्यहाँका परियोजना संयोजक हेमराज भट्टाले जानकारी दिनुभयो ।
सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीन लाख रुपियाँ जरिवाना गराउने व्यवस्था गरेको छ ।
कपिलवस्तुमा विद्यालय जान हिँडेका दुई किशोरी तीन सातादेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको वाणगंगा नगरपालिकाबाट १५ वर्षीया किशोरी बेपत्ता भएका हुन् ।
महेन्द्र लिला माध्यमिक विद्यालय हर्मीमा अध्ययनरत एक शिक्षकको कुटाइबाट श्रवण क्षमता गुमेको छ । कक्षा ६ मा अध्ययनरत ११ वर्षीय अब्जल मियाँ (परियार) को देब्रे कानको जाली फुटेको हो ।
काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेसन (केसिआरई) ले चाइनिज एकेडेमी अफ साइन्सेसको सहयोगमा त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र जल तथा मौसम विज्ञान केन्द्रीय विभाग तथा सम्बन्धित क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तहका १३ उत्कृष्ट विद्यार्थीलाई शैक्षिक अनुदान पुरस्कार दिएको छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध तीन करोड १५ लाख ८१ हजार ६६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा मङ्गलबार गएको भूकम्पका कारण एक जनाको मृत्यु, केही बेपत्ता र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति दुः ख व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बझाङलगायत प्रदेशका विभिन्न जिल्लाका भूकम्प प्रभावितलाई तत्काल उचित राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
कपिलवस्तुमा दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु भएको छ । बाणगंगा नगरपालिका– ९ भलवाडका ३ वर्षीया रितिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो ।
नेपाल पत्रकार महासङ्घ बाँकेले संयमित भएर सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ । महासङ्घ बाँकेका सचिव कमल डाँगीले बुधबार विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो ।