प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सङ्घीय संसद्, संविधान र लोकतन्त्रमाथिकै आक्षेपपूर्ण व्यवहार र अभिव्यक्तिले यो गठबन्धनलाई ब्युँताउने परिस्थिति बनेको बताउनुभएको छ । मन्त्रिपरिषद्को बैठकमा सोमबार मन्त्रीहरूलाई निर्देशन दिँदै उहाँले यस गठबन्धनका पछाडि संविधान, लोकतन्त्र र समग्रमा राष्ट्रकै रक्षाको एउटा वृहत् अभियान र वैचारिकी रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “संविधान र लोकतन्त्रविरुद्धका षड्यन्त्रलाई परास्त गर्दै आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारबाट राज
वर्तमान सरकारले कार्यप्रारम्भ गरेको सय दिन पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको शपथग्रहण गरेका दिन गत पुस ११ देखि सरकारको कार्यभार सुरु भएको थियो । यस अवधिमा सरकार राजनीतिक बाटो सोझ्याउँदै मुलुकको विकास, समृद्धि र सुशासनमा दृढ देखिएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई सरकारको प्रमुख प्राथमिकतामा राख्नुभएको थियो । यस अवधिमा मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण तथा जनसरोकारका मुद्दालाई सम्बोधन गर्ने दिशामा सरकार अघि बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ। महान्यायाधिवक्ताले सर्वोच्चको नजिर र संविधानको मनसायविपरीत निर्णय गरेको भन्दै बदरको मागसहित युवराज पौडेलले रिट दर्ता गर्नुभएको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार रिटको प्रारम्भिक सुनुवाइ मङ्गलबारका लागि तोकिएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर सूची पठाएपछि आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।
मधेस प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले मधेस सरकारको ध्यान पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नमा केन्द्रित रहेको बताउनुभएको छ ।
सुनसरीको इनरुवा नगरपालिका –३ का महिला सामूहिक च्याउखेतीमा रमाएका छन् । घरमा बस्ने महिलाले समूह बनाएर टोलमै सामूहिक च्याउ खेती सरु गरेका हुन् । इनरुवा –३ का महिलाले पारिजात महिला बहुउद्देश्यीय कृषक समूह निर्माणगरी सामूहिक च्याउ खेती सुरु गरेको नेकपा (माओवादी केन्द्र) इनरुवा नगर अध्यक्ष तोया गिरी पोदारले जानकारी दिनुभयो ।
जिल्ला अदालतले २३ वर्षीय अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका –३ सेरीवाडाका ३८ वर्षीय भद्रबहादुर बुढालाई जन्मकैद फैसला गरेको छ ।
विश्व हिन्दु महासंघ नेपालको आठौं महासभा रुपन्देहीको बुटवलमा हुनेभएको छ । ‘विश्वभरिका ॐ कार परिवारको एकमात्र चाहना, सनातन हिन्दु गुरुराष्ट्र नेपालको पुनः स्थापना’ मुल नारासहित महासभा भोलिदेखि सुरु हुने महासंघले जनाएको छ ।
शहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मच्छिन्द्र क्लबले लिगका लागि भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई टोलीमा अनुवन्ध गरेको छ ।
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको सातौँ बैठकमा प्रदेश सभा सदस्यले आफ्नै निर्वाचन क्षेत्रको चिन्ता व्यक्त गरेका छन् । प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले आफुहरुको निर्वाचन क्षेत्रमा संघ र प्रदेश सरकारका योजना कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो ।
राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टन स्टार प्रिन्स दाहाल १७औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०७८ मा वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।
भारतसँगै सीमा जोडिएको सर्लाहीको खुटौनामा सोमबार रुखले च्यापिएर एक भारतीय महिलाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका –६, खुटौनास्थित सडक छेउमा रहेको सपेताको रुख काट्नेक्रममा सार्वजनिक बाटोमा रुख ढल्दा भारत बिहार राज्य जिल्ला सितामढी नगरनिगम –१८, नुनिया टोल बस्ने केदार महतो नुनियाकी श्रीमती तुरन्ती देवी (५०) को मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले नीति, नियम र गतिविधिका हिसावले जनतालाई निराश बन्न नदिने काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आर्थिक वर्ष २०८०–८१ को पूर्व बजेट तर्जुमासम्वन्धी स्थानीय तहसँगको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री शाहले भन्नुभयो, “जोश, जाँगर र उर्जाको साथ प्रदेशलाई परिवर्तन गर्न हामी सबै जनप्रतिनिधि लाग्नुपर्छ ।”
जिल्लाको तानसेन नगरपालिका भित्र सहकारी संस्थामा ७१ प्रतिशत कर्मचारी महिला रहेका छन् । तानसेन नगरपालिका भित्र रहेका ५३ सहकारीको सञ्चालकमा पुरुषको बाहुल्यता भए पनि रोजगार पाउनेमा महिला कर्मचारी बढी रहेको तानसेन नगरपालिकाका सहकारी प्रमुख दुर्गा थापाले जानकारी दिनुभयो ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले मनोमानी गरेको र अधिकारको दुरुपयोग गरेको भन्दै सत्तारुढ गठबन्धनमा आबद्ध रहेका स्थानीय राजनीतिक दलहरूले विरोध गरेका छन् ।