नेपालको संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई प्रस्तावनामा उल्लेख गरी स्वतन्त्रताको हक अन्तर्गत राजनीतिक दल खोल्न पाउने अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । नेपालको संविधानको भाग २९ धारा २६९, २७०, २७१ र २७२ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालन, राजनीतिक दललाई प्रतिबन्ध लगाउन बन्देज, राजनीतिक दलका रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनुपर्ने व्यवस्था र राजनीतिक दलसम्बन्धी अन्य व्यवस्था उल्लेख गरिएको छ । यस अनुसार समान राजनीतिक विचारधारा, दर्शन र कार्यव्रmमप्रति जनसाधारणको समर्थन र सहयोग
प्रविधिमा सहज पहुँच र इन्टरनेट विस्तारले पछिल्लो समय विश्व साँघुरिँदै गएको छ । विश्वको कुनै पनि कुनामा भएको कुनै पनि घटनाबारे जानकारी अहिले सिधैँ सोही समयमा पाउन सकिन्छ । इन्टरनेटको विस्तारले गर्दा अहिले सामाजिक सञ्जाल सर्वाधिक लोकप्रिय बन्दै गएको हो । साथीभाइसँग निकट हुन, आफ्ना भावना अरूसम्म पु¥याउन मात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रूपमा पनि अहिले फेसबुक, टिकटक, ह्वाट्सएप, ट्विटर जस्ता सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण देखिएको छ । सहरदेखि ग्रामीण क्षेत्रका युवकयुवती मात्र नभई बालबालिका र प्रौढ अवस्थाका सर्वसाधारण पनि सामाजिक सञ्जालमा रमाइरहेका छन् ।
पूर्वानुमान गर्न नसकिने र कुनै पनि सङ्केत वा छनक नदिई आउने भूकम्पका कारण हामीले बेलाबेलामा धेरै धनजनको क्षति बेहोर्नु परिरहेको छ । वैज्ञानिक अध्ययन अनुसन्धानबाट पनि शक्ति सञ्चित भएको देखिएको पश्चिम नेपालमा ठुला तथा महाभूकम्प नगएको सन्दर्भमा हामीले यस्ता भूकम्पको सामना गर्न के गर्न सकिन्छ वा कसरी गर्ने भन्नेतर्फ ध्यान दिनुका साथै सक्दो पूर्वतयारी गर्नु जरुरी देखिन्छ । भूकम्पीय विधामा कार्यरत वैज्ञानिकहरूको लामो समय
खालिस्तानी नेताको हत्या प्रकरणलाई लिएर भारत र क्यानडाबिचको कूटनीतिक तनाव उत्कर्षमा पुगेको छ । गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित एक सिख मन्दिरबाहिर खालिस्तानी नेता हरदीप सिंह निज्जरको गोली हानी गरिएको हत्या प्रकरणमा भारतको गुप्तचर निकाय ‘रअ’ को हात रहेको आरोप लगाउँदै क्यानडा सरकारले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेसँगै यो विवाद उत्कर्षमा पुगेको हो । क्यानडाले भारतसँगको खुला व्यापार सम्झौतासम्बन्धी वार्ताहरू पनि रद्द गरेको छ । त्यसको बदलामा भारतले क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको छ । भारतले क्यानडामा भिसा सेवा बन्द
सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् । उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिदा यात्रुले सास्ती भोग्नुुपरेको छ ।
कुमार भाष्करको निर्देशनमा बनेको चलचित्र ‘कौसिद’ मा समावेश गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक ‘नझर्थेर आँसु...’ बोलको गीत मार्मिक सुनिन्छ । गीतले सुखदुःख मिश्रित दैनिकीको भाव बोल्छ । आफ्नो पीडा भुलेर अरूको खुसीका लागि सङ्घर्षरत एक शिक्षकको कथा शब्दमा व्यक्त गरिएको छ । गीतमा स्वर र सङ्गीत पहिलो नेपाल आइडल बुद्ध लामाको छ । शब्द लक्ष्मण बानियाँले लेख्नुभएको हो । मिक्सिङ तथा मास्टरिङ राहुल प्रधानको छ । असोज २६ बाट प्रदर्शनमा आउने चलचित्रले पोस्टर रिलिजबाटै चर्चा कमाएको थियो । यसअघि सार्वजनिक ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । अभिनेता भोलाराज सापकोटा र अभिनेत्री ऋचा शर्मा चलचित्रका प्रमुख कलाकार हुन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा देशभरमा नै पहिलो बनेको छ । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०७९–०८० मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा प्रशासन कार्यालय गुल्मी पहिलो बनेको हो ।
यही असोज २६ देखि प्रदर्शनमा आउने चलचित्र ‘परदेशी–२’ को नयाँ गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘कुरा सिधा छ’ बोलको डान्सिङ शैलीको गीत बुधबार सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपुत र अभिनेतृ वर्षा शिवाकोटी प्रस्तुत छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका विभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थितिबिच क्यानडाको पहिलो नेपथ्य कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ । आइतबार बेलुकी सो सुरु हुनुअगाडि त्यसैको निरन्तरतामा हलवरपर लामबद्ध दर्शक देखिए । निर्धारित समय अनुसार बेलुकी ७ बजे प्यालेस थिएटरमा नेपथ्यको पहिलो भेटस्वरूप ‘सा कर्णाली’ म्युजिक भिडियो गुञ्जिन सुरु भयो । दर्शकबाट चर्को स्वागतकै बिच मञ्चमा नेपथ्य टोली देखा परेपछि भने त्यस साँझको पहिलो प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ सुनाइएको थियो । एक दशकअघि पूर्वी नेपालको पैदलयात्रा गर्दा गायक अमृत गुरुङले सङ्खुवासभाको चैनपुरका डिल्ले दमाईबाट यो गीत सङ्कलन गर्नुभएको थियो ।
हिमाली जिल्ला हुम्लामा पहाडी इलाकामा फल्ने अकबरे खुर्सानी फल्न सुरु भएको छ । पछिल्लो समय तापक्रममा आएको वृद्धिका कारण हिमालमा पनि अकबरे खुर्सानी फल्न थालेको हो । खार्पुनाथ गाउँपालिका–१ को चिसामूल गाउँका धनमल ऐडीले पहिलो पटक परीक्षणका लागि लगाएको अकबरे खुर्सानी बारीमा फलेको बताउनुभयो । उहाँले पहिलो पटक नै राम्रो फलेका कारण अब यसको व्यावसायिक खेतीतर्फ लाग्ने बताउनुभयो ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ ।
नेपाल टेलिकमले नेपालको उत्तरपश्चिमको अन्तिम बस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले मङ्गलबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । मोबाइल सेवा सञ्चालनमा आएपछि सो क्षेत्रका जनताले सहज रूपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् ।
दोलखाको बिगु गाउँपालिकाबाट बरामद भएको ११ केजी पहेँलो धातु सुन भएको पुष्टि भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको पहेँलो धातु काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घ क्षेत्रपाटीमा परीक्षण गर्दा सुन भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा