काठमाडौंबाट कत्थक नृत्यको प्रस्तुति शुभारम्भ भएको छ । असोज १६ गते बुधबारबाट काठमाडौंबाट उक्त नृत्यको प्रस्तुति शुभारम्भ भएको हो ।
विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डा भेटिएको हो । च्याउ सङ्कलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जङ्गलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिच्नुुभएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-२ टिकुलीपुरका वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनका अवसरमा बालबालिकालाई पोसाक वितरण गर्नुभएको छ ।
दैलेखको गुराँस गाउँपालिकाको न्यायिक समिति र न्यायिक समितिको गतिविधिको विषयमा छलफल र अनुगमन गरिएको छ ।
भीरकोट नगरपालिकाले नगर क्षेत्रका दुई वटा सडकलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ ।
दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जानुहुने भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागिता जनाउन १४ देशका कलाकार खोटाङ आएका हुन् ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको छ । पदाधिकारीसहित विभिन्न पदमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उहाँहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नुभएको हो ।
निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका–१ पाखुतेमा अवरुद्ध भएको थियो ।
कुनै बेला पानीले भरिभराउ भलुवा सिमसार यति बेला जलकुम्भीले भरिएको छ । सामुदायिक वनको आन्तरिक विवादले भलुवा सिमसारको सौन्दर्य करण सम्बन्धी काम ४ वर्ष देखि अलपत्र परेपछि सिमसार क्षेत्रको हालत यस्तो भएको हो ।
प्रेस काउन्सिल नेपालले फेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोगको दुरुपयोग भएको बताउँदै यसको प्रयोगमा संवेदनशीलता अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्यमा समस्या आएर वीर अस्पताल भर्ना हुनुभएका नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुग्नु भएको छ । उहाँले सचिव आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।