• २ जेठ २०८२, शुक्रबार

सचिव आचार्यकाे स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा

blog

काठमाडौँ, असोज १८ गते । स्वास्थ्यमा समस्या आएर वीर अस्पताल भर्ना हुनुभएका नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुग्नुभएको छ । उहाँले सचिव आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । 

पार्टीले थालेको तीनमहिने विशेष रूपान्तरण अभियानका क्रममा अछाम पुग्नुभएका उहाँ बिरामी हुनुभएपछि अस्पताल भर्ना गरिएको थियो ।