नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा नबन्ने निश्चित छैन। सरकारले आइतबारमात्र केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा पानीजहाज दर्ता ऐनमा पनि संशोधनको प्रस्ताव गरेको छ तर त्यसमा पानीजहाज सञ्चालनभन्दा पनि कसुरसम्बन्धी व्यवस्था मात्र छ। सरकारले पाँच दशकदेखिको पानीजहाजको सपनालाई मूर्त रूप दिने भन्दै ललितपुरको एकान्तकुनामा कार्यालय स्थापना गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन २ गते पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको थियो।
जिल्ला प्रहरी कार्यालय झापाले बाह्रदशी गाउँपालिका वडा ३ राजगढ बजारस्थित रहेको पशु हाटबाट अवैधरूपमा राखिएको ४० बोरा चिनी बरामद गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं ३१ मा रहेको बेगनास तालको रमणीय दृश्य ।
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी आइतबारको बैठक सकिएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गर्नुभएको छ।
कास्कीको पोखरामा ३९ भूमिहिन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहिन सुकुम्वासीलाई आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले लालपूर्जा वितरण गर्नुभयो ।
नेकपा (एमाले) ले पाँचथरबाट प्रतिनिधिसभा सदस्यका लागि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार नेम्वाङको नाम सिफारिस गरेको छ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डायलाइसिस सेवा बन्द गरेपछि डायलाइसिस गराउने विरामीको बिजोग भएको छ । गत शुक्रबारबाट अस्पतालले डायलाइसिस सेवा बन्द गरेपछि उपचारका लागि आएका विरामीहरु अलपत्र परेका छन् ।
नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यको उमेदवारका लागि सिफारिस हुनुभएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सङ्घतर्फ तनहुँ क्षेत्र नम्बर १ बाट सिफारिस हुनुभएको छ । कांग्रेस तनहुँले उहाँलाई आइतबार सिफारिस गरेको प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) को काठमाडौंको संघीय निर्वाचन क्षेत्र नम्बर ७ मा मुक्ति प्रधानको नाम सिफारिस भएको छ । माओवादीको काठमाडौं क्षेत्र नम्बर ७ का इन्चार्ज दीपक सिलवाल (रुपेश) ले आइतबार एक भेलागरी प्रत्यक्षतर्फ प्रधान र संघीय समानुपातिकमा धनलाल महर्जनको नाम सिफारिस भएको जानकारी दिनुभयो ।
नेकपा (एमाले) दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ठगुन्नाको नाम एकल सिफारिस गरिएको एमाले दार्चुलाका उपसचिव एबम् प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेलका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले क्रिकेट टोलीको घोषणा गरेको छ । एनआरएनए खेलकुद प्रतिष्ठानले आइतबार सुनम गौतमको कप्तानीमा १७ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।
सात दिनभित्र कर सात वटा क्यासिनोलाई कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्र काटेको छ। आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई सात वटा क्यासिनोले मनोरञ्जन कर नबुझाएकाले आइतबार महानगरले पत्र काटेको हो।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीका दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस हुनु भएको छ।