• २८ पुस २०८१, आइतबार

अग्रिम बुकिङ नखुल्दै टिकट काउण्टरमा सर्वसाधारण

blog

दशैँ पर्व नजिकिएसँगै घर जानका लागि काठमाडौंको नयाँ बसपार्कको टिकट काउण्टरमा बसको टिकट लिन लाइन बसेका सर्वसाधारण । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौं, असोज १८ गते । दसैँ नजिकिएसँगै घर जानका लागि काठमाडौँको नयाँ बसपार्कको टिकट काउण्टरमा बसको टिकट लिन सर्वसाधारण लाइन बसेका छन् ।

तर दसैँ आउन करिब १० दिनमात्र बाँकी रहँदा पनि बस व्यवसायीले टिकट बुकिङ खोल्नतर्फ चासो दिएका छैनन् । बसको टिकट नखुल्दै सर्वसाधारण टिकट लिन बसपार्कको टिकट काउण्टर पुगेका हुन् ।

यो वर्ष अहिलेसम्म दसैँका लागि यातायातको अग्रिम टिकट बुकिङ खुलेको छैन । दसैँ–तिहारका बेला सबैभन्दा बढी यात्रु बोक्ने लामो दूरीका बसको भने अहिलेसम्म टिकट खुलेको छैन ।

स्वचालित भाडादर लागू हुनुपर्ने माग राख्दै आएका व्यवसायीले वर्षाका कारण बिग्रिएका सडक मर्मत नभएसम्म टिकट नखुलाउने बताएका छन् ।

दसैँ–तिहार मनाउन बर्सेनि १८ देखि २० लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका छन् ।