जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ ।
इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचनको मिति तय नहुँदै दलका नेताको दौडधुप सुरु भएको छ ।
गत वर्ष पूर्वी युक्रेनको एक जेलमा भएको घातक बम विस्फोट युक्रेनको एचआईएमएआरएस रकेटबाट नभएको संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले बताएका छन् । उक्त आक्रमणप्रति किएभ र मस्कोले एकअर्कालाई दोषारोपण गर्दै आएका थिए ।
चाडपर्व नजिकिँदै गर्दा दैलेखको भैरवी गाउँपालिकामा रहेका लोपोन्मुख राउटे समुदायलाई आवश्यक राहत वितरण गरिएको छ ।
हिमाली जिल्ला मनाङको विकट पालिका नार्पाभूमि सञ्चारमैत्री बनाइँदै छ । गाउँपालिकामा लघु जलविद्युत र सौर्य ऊर्जा (सोलार) को माध्यमबाट इन्टरनेटको पहुँचमा पुर्याउने उद्देश्यले योजना निर्धारण गरिएको छ ।
नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाडको क्यानोइङमा शुक्रबार सेमिफाइनल चरणमा प्रवेश गर्नुभएको छ ।
हुम्लाको एक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दाउरा बेचेर अध्ययनको जोहो गर्दैआएका छन् । घरको आर्थिक अवस्था न्यून भएका कारण कापी–कलमको व्यवस्था गर्न र घरका लागि आवश्यक पर्ने खानेकुराको बन्दोबस्त गर्न विद्यार्थीले दैनिक दाउरा बेचेर बिक्री गर्नुपरेको बताउनुभएको छ ।
पूर्वको एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो, भेडेटार । सुनसरी र धनकुटाको सीमा क्षेत्रमा रहेको भेडेटार १४ सय मिटरको उचाइमा अवस्थित छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले गम्भीर अपराधमा संलग्न कैदीलाई आममाफी दिने काम तत्काल बन्द गर्न माग गर्नुभएको छ ।
दमक नगरपालिकाले शारीरिक रूपमा हिँडडुल गर्न नसक्ने अशक्तता भएका समुदायको दैनिक जीवनयापनमा सहजता प्रदान गर्न घरमै सहायता सामग्री पुगाउन सुरु गरेको छ ।
नेकपा (एमाले) को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबारदेखि काठमाडौँमा हुँदैछ । एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्र भौगोलिक र बुद्धिजीवी-कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा परिभाषित गर्दै जनताको निःशुल्क स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको बताउनुभएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–२, स्थित जलजला जङ्गलमा दुर्लभ जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । लुलाङको जलजला क्षेत्रको धन्सेमाने जङ्गलभित्र रुखमा खेल्दै रमाइरहेको अवस्थामा रेडपाण्डा भेटिएको मरेनीका स्थानीय सुवास थापाले बताउनुभयो ।
सरकारले प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाइ सुरु गरेको छ । सरकारबाटै मान्यता प्राप्त गरेका कैलालीका पाँच विद्यालयमा सिभिल इन्जिनियरिङको पढाइ हुँदै आएको छ ।
बिहीबारदेखि सुरु भएको करातेको पहिलो दिन नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा तीनै जना प्रतियोगिताबाट बाहिरिएका छन् ।