एक दिन भगवान् पशुपति दर्शन गरेपछि केही बिस्कुट र फलफूल लिएर पशुपति वृद्धाश्रममा गएँ । घाम तपिरहकेका चार पाँच जना वृद्धवृद्धाहरूको हात खुट्टाको नङ तन्मयसँग काट्दै थिई नीरा बहिनीले । दुई महिनाअघि मात्र मेरो माइतीघरको तल्लो तलामा श्रीमान्, सासू र दुई छोरीसहित डेरा लिएर बसेकी थिई । उनको सेवा देखेर उनीप्रति श्रद्धा भाव पलायो धन्यवाद दिएँ । “हरेक पन्ध्र दिनमा यहाँ यी बुबा आमाको सेवा आउँछु नि दिदी” नीराले सुनाइन् गर्वका साथ ।
पहाडी जिल्ला पाल्पामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा बढेको छ । पछिल्लो एक सातामा २३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । भदौ तेस्रो सातामा मात्रै २३ जना डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।
गत जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले नियमित उडानको अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जजिरालाई सातै दिन उडान गर्ने अनुमति दिएको हो । जजिराले यही भदौ ३१ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन एक उडान गर्ने अनुमति पाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । हाल जजिराको एयरबस ३२० निओले सोमबार, मङ्गलबार र शुक्रबार गरी सातामा तीन उडान गर्दै आएको छ । कुल एक सय ७४ यात्रु क्षमता भएको जहाजमार्फत हाल कार्गाेसमेत पठाउन थालिएको छ ।
सङ्घीयता विरोधीहरूले भ्रम छरेको भरमा सङ्घीयता सफल र असफल भन्ने समीक्षा गर्ने बेला नभएको सात प्रदेश सभाका सभामुख र उपसभामुख तथा सचिवहरूले धारणा राखेका छन्। प्रदेश १ को प्रदेश सभा सचिवालयको आयोजनामा धनकुटाको हिलेमा जारी अन्तरप्रदेश समीक्षात्मक गोष्ठीमा उपस्थित प्रदेश सभामुख र उपसभामुख तथा प्रतिनिधिहरूले यस्तो धारणा राखेका हुन्। उद्घाटन सत्रमा संविधानविद डा. काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्दै विभिन्न देशमा सङ्घीयताको अभ्यासमाथि प्रकाशपार्नु भएको थियो।
झापाको दमकमा रहेका सार्वजनिक शौचालयहरूको प्रयोग निःशुल्क गर्ने भनेर दमक नगर सभाले नै निर्णय गरेको भए तापनि यसको कार्यान्वयन नभएको पाइएको छ। नगरपालिकालाई कहाँ कहाँ सार्वजनिक शौचालय छन् र त्यहाँ कति शुल्क उठाइन्छ भन्ने समेत अहिलेसम्म पत्तो छैन।
आज मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सामान्य बदली रही अन्य प्रदेशहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा विजयी हासिल गर्ने अभियानका साथ कांग्रेसले जनतासँग कांग्रेस अभियान थालेको छ। दैलेखका दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन जित्ने सङ्कल्पका साथ जिल्लाका ९० वडामा जनतासँग कांग्रेस अभियान सञ्चालन गरेको हो। नेपाली कांग्रेसका नेता गणेश उपाध्यायले पार्टी केन्द्रको निर्देशन र कार्यक्रमअनुसार जिल्लाका सबै वडामा जनतासँग कांग्रेस कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले जिल्लाका ९० वडामा कार्यक्रम जनतासँगै कांग्रेस अभियान समापनसँगै दलित महिला लक्षित भेटघाट र क्रियाशील सदस्यसँग भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
हुम्लाको चङ्खेली गाउँपालिका–२, दार्माकी मोतीसरा शाहीसहित पाँच जनाको टोली विकासको माग गर्दै आइतबार सुर्खेतस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आइपुगेको छ। टोली पाँच दिन लगाएर विकास माग्नका लागि मन्त्री भेट्न प्रदेश राजधानी सुर्खेत आएको हो। कर्णाली प्रदेशका १० वटै जिल्लाबाट जनताले निर्वाचित गरी पठाएका प्रतिनिधि पटक–पटक मन्त्री भए तर कर्णालीभित्रको ‘कर्णाली’ले भने विकासजस्तै मन्त्री पनि देख्नै मुस्किल छ।
बर्दिबासको ग्रामीण बस्तीमा जङ्गली हात्तीले आतङ्क मच्चाएका छन्। मध्यराति पूर्वतर्फबाट बस्ती पसेका हात्तीको जोडीले नगरपालिकाको दुई वडाका नौ घरमा क्षति गरेको छ। पुरै बस्ती सुतिरहेका बेला हात्तीले उपद्रो गर्न थालेपछि वडा नम्बर २ स्थित हङकङ डाँडा र वडा नम्बर ८ का बस्तीमा भागाभाग मच्चिएको थियो।
निर्माण सम्पन्न भएको दुई वर्ष नबित्दै माईस्थान–गौशाला–सम्सी सडक भत्किएको छ। यस सडक खण्डको निर्माणमा ठेकेदार कम्पनीले गुणस्तरहीन सडक निर्माण गरेकोले दुई वर्ष नबित्दै भत्किएको स्थानीयको आरोप छ। सो सडक खण्डको निर्माण ठेक्का पाएको ठेकेदार कम्पनीले तोकिएको मापदण्डअनुसार काम नगरी गुणस्तरहीन काम गरेको कारण निर्माण कार्य पूरा भएको केही दिनमै त्यहीँ बेला सडक खण्डको ठाउँ–ठाउँमा कालोपत्रेमा चिरा परेको थियो। “अहिले त यो सडक खण्डमा ठूलठूला खाल्टा भएर हिँड्न नसक्ने अवस्था भएको छ”, औरही नगरपालिका–५ का स्थानीय देवु रायले भन्नुभयो।
पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा राजनीतिक दलहरुले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार चयन प्रक्रियालाई तिब्रता दिएका छन् । झापामा उम्मेदवार सिफारिस हुनेहरु राजनीतिक दलका पदाधिकारी तथा पूर्व मन्त्रीहरुको संख्या उल्लेख्य रहेको पाईएको छ ।
नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको साझेदारीमा आधारभूत तहका विद्यार्थीलाई खुवाइँदै आएको दिवा खाजा ढुवानी हुन नसक्दा यहाँका तीनवटा स्थानीय तहका ८० वटा विद्यालयमा दुई महिनादेखि दिवा खाजाबाट विद्यार्थी वञ्चित भएका छन्। वर्षायाम लागेपछि बझाङ जिल्लाका खप्तडछान्ना गाउँपालिका, मष्टा गाउँपालिका र साइपाल गाउँपालिकाका विद्यालयमा साउनदेखि दिवा खाजा ढुवानी हुन सकेको छैन।
हलिया प्रथाको सरकारीस्तरबाट अन्त्यको घोषणा भएको १४ वर्ष पूरा भए पनि अझैसम्म मुक्तहलियाको जीवनस्तरमा सुधार आउन सकेको छैन। मुक्तिको घोषणा भएको १४ वर्ष पूरा भए पनि हक अधिकारका लागि सङ्घर्ष गर्नु परिरहेको अधिकारकर्मीहरूले भनाइ रहेको छ। अधिकारकर्मी गोरखबहादुर सार्कीले भन्नुभयो, “मुक्तिको घोषणा भए पनि मुक्तहलियाको जीवनस्तरमा सुधार आउन सकेको छैन। मुक्तहलियाले हातमुख जोर्नकै लागि अझै सङ्घर्ष गर्नु परिहेको छ।”
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ठूला दलहरूले प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न इच्छुकको सिफारिस गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारीका लागि दाबी गर्नेको नाम माथिल्लो पार्टी समितिमा सिफारिस गरिरहेका छन् । सिफारिसमा परेका पार्टीबाट औपचारिक रूपमा उम्मेदवार बन्ने दौडमा लागेका छन् ।