• १३ साउन २०८१, आइतबार

नेपाल एयरलाइन्सको जहाजमा लापरवाही गर्ने दुई मेनेजरलाई कारवाही

blog

काठमाडौँ, असोज १९ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगमको विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना मेनेजरलाई कारबाही गरिएको छ  ।

नेपाल एयरलाइन्सको नाइनएन–एकेएक्स विमानको मर्मत जाँचमा लापरवाही गर्ने  ‘ड्यूटी मेन्टिनेन्स म्यानेजर’ र निगमको ‘कन्टिनियुङ एयरवर्दिनेस’ (सीए) म्यानेजरलाई कारबाही गरिएको प्राधिकरणले जनाइएको छ ।

विमानमा पटकपटक समस्या उत्पन्न हुँदा पनि त्यसलाई समाधान नगरी उडाएकामा प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो । काठमाडौँबाट दमामका लागि उडेको विमान ‘टिकास उपकरण’ मा समस्या देखिएपछि विहीबार काठमाडौँ फर्काइएको थियो ।

‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ का कारण निगमको ए ३२० जहाज फिर्काइएको थियो । जिम्मेवारीमा लापरवाही गर्दै अन्य निजी कम्पनीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फाइदा पुर्याउन सहयोग गर्ने कर्मचारीलाई कडाइका साथ कारवाही सुरु गरेको प्राधिकरणले जनाएको छ ।

यता मन्त्रालयले भने एयरलाइन्सले नोक्सान व्यहोर्नु पर्ने मुख्य कारणहरुको उदाहारण भएको भन्दै दोषीलाई कडा कारवाही गर्न निर्देशन दिएको छ ।