साबिकको सिसवा कटैया, बथनाहा, साँढा, सरपल्लो, मनरा, इटहर्वाकट्टी र सोनौलसमेत गरी सात वटा गाउँ विकास समिति मिलाएर मनरासिस्वा नगरपालिका बनेको छ । यस नगरपालिकामा १० वटा वडा छन् ।
आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो । समितिले यसअघि बागमती, कोन्ज्योसोम, महाँकाल गाउँपालिकाका साथै गोदावरी–३, ७ र १२ का भूमिहीनलाई निस्सा वितरण गरिसकेको छ ।
औद्योगिकजन्य रसायनका कारण धान र उखु बालीमा क्षति पु¥याएको भन्दै कञ्चनपुर पुनर्वासका स्थानीय किसानले क्षतिपूर्तिको माग गरेका छन् । गएको साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका–२, ५, ७ र ९ मा धान र उखु नष्ट भएको थियो ।
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।
बाजुराका अधिकांश स्थानीयवासी भूकम्प आउने डरले घर छोडेर धमाधम त्रिपालमुनि बास बस्न बाध्य भएका छन् । मङ्गलबार बझाङमा गएको भूकम्पले बाजुरामा पनि क्षति पुगेको छ । भूकम्पले घर चर्किने र भत्केपछि अहिले यहाँका स्थानीय घर भत्कने डरले त्रिपालमुनिको बास बस्न थालेका छन् । खप्तड छेडेदह गाउँपालिका–२, पिपल गाउँका स्थानीय पदम बुढाले भूकम्पको डरले त्रिपालमुनिको बास बस्न थालेको बताउनुभयो ।
मुख्यमन्त्री कमलबहादुर शाह भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न बझाङ आइपुग्नुभएको छ । उहाँले केदारस्यु गाउँपालिकाका स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीसँग राहत तथा पुनस्र्थापनाका विषयमा छलफल गर्नुभएको छ । त्यस्तै थलारा गाउँपालिका–३, कुच गाउँका भूकम्प प्रभावितहरूको अवस्था तथा भूकम्पले भत्किएका घरको स्थलगत अवलोकन गर्नुभएको छ । भूकम्प प्रभावित स्थानीयलाई कम्मल, त्रिपाल र खाद्यलगायतका सामग्री तत्काल उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभयो ।
नेपालगन्जको अवस्था शान्तिपूर्ण रहेपछि शुक्रवार पनि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ ।
नेपाल–अमेरिका सम्बन्धको इतिहासमा कोसेढुङ्गा मानिएको अमेरिकी अनुदान सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) परियोजना कार्यान्वयन सुरु भएको अवसर पारेर एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पिटर्सन ब्राइट नै यतिखेर नेपालमा आउनुभएको छ । बुधबार आयोजित हर्षाेल्लास समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशशरण महत र अमेरिकाका तर्फबाट एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पिटर्सन ब्राइट, नेपालका लागि अमे
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीतर्फ नेपाल र भारत अहिले समिफाइनलमा भिड्दै छन् ।
नेपालमा कृषि गणना र औद्योगिक गणना जस्तै छुट्टै भाषिक गणना भएको छैन । राष्ट्रिय जनगणनाका क्रममा सीमित प्रश्नावलीका आधारमा लिइएका भाषिक तथ्याङ्कलाई सरकारी सिफारिस, पठन–पाठन र अध्ययन–अनुसन्धानमा प्रयोग गरिँदै आइएको छ । भाषा आयोगले प्रदेशमा सरकारी कामकाजका लागि भाषाको सिफारिस गर्दा २०६८ सालको जनगणनाले दिएको भाषिक तथ्याङ्कलाई पूर्णतः आधार मान्दाखेरी गण्डकी प्रदेशका लागि भोजपुरी भाषा पनि सिफारिसमा परेको छ । यो सरासर गलत थियो । गण्डकी भोजपुरी भाषीको बाहुल्यता भएको प्रदेश होइन । आयोगले सिफारिसमा पुनरवलोकन गर्नुपर्ने देखिएको छ । यस्तै समस्या अरू प्रदेशमा पनि छन् । २०६८ सालको भाषिक तथ्याङ्कमा थुप्रै त्रुटि थिए । धेरै भाषामा मातृभाषाको रूपमा नबोल्ने तर पुर्खाको भाषाको रूपमा रहेको
समाजका चौतर्फी विकास निर्माणमा गरुत्तर दायित्व हुन्छ शिक्षकको । उनीहरूको काँधमाथि नै विश्वको उन्नत भविष्य निर्माण गर्ने जिम्मेवारी रहेको हुन्छ । यसै कुरालाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घको महìवपूर्ण विश्व एकाइ संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व शिक्षक दिवस मनाउने आरम्भ ५ अक्टोबर १९९५ बाट गरेको हो । यसको उद्देश्य विश्वभरिका शिक्षकद्वारा विश्वका झन्डै दुई अर्ब पच्चास करोड बाल बच्चाहरूको जीवनको आधार निर्माण गर्ने महìवपूर्ण योगदानमाथि विचार विमर्श गर्नु रहेको छ । विश्वका कतिपय देश प्राचीन समयमा पनि शिक्षाका ठुला केन्द्रहरू बनेका थिए । तिनले विश्वलाई सही दिशाबोध पनि गराएको हामी पाउँछौँ ।
सरकारले शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता गराएपछि देशभरिका शिक्षक काठमाडौँकेन्द्रित आन्दोलनमा उत्रिए । सामाजिक सञ्जालमा माइतीघरमा शिक्षकको आन्दोलन भिडभाड र एयरपोर्टमा युवाको भिडभाडको संयुक्त तस्बिरका बारे गम्भीर विमर्शमा आयो । नेपाली समाजमा शिक्षा क्षेत्र र शिक्षकको समस्या साथै गरिबी र बेरोजगारीको विषमता सन्दर्भमा ती प्रतिनिधिमूलक तस्बिरले निकै भयावह परिस्थिति चित्रण गरेका छन् । नेपालको पछिल्लो राजनीतिमा एउटा यस्तो सङ्कटपूर्ण निराशावा
कुनै पनि मुलुकको आर्थिक–सामाजिक विकासका लागि नभई नहुने ऊर्जा हो । ऊर्जाको विकास समग्र विकासको आधार पनि हो । नेपालमा अधिकांश जलविद्युत् आयोजना विकट क्षेत्रमा बन्ने हुँदा यसले दुर्गम क्षेत्रको सामाजिक र आर्थिक विकास सँगसँगै सडक, पुल, स्वास्थ्य, शिक्षा, पर्यटनको विकासमा पनि टेवा पु¥याउने गरेको छ । त्यसैले मुलुकको मुहारमा नयाँ आयाम ल्याउन विदेशी सहयोग र स्वदेशी मानव संसाधनको प्रयोग गर्दै दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजना बनाउनु आजको अपरिहार्य आवश्यकता देखिएको छ ।
सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ ।
आर्थिक मन्दीका कारण सहकारी क्षेत्र प्रभावित बनिरहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्लामा रहेका दुई सहकारीबिच एकीकरण (मर्जर) सम्झौता भएको छ । जिल्लाको पनौती नगरपालिका–४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपा–७ मा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाबिच बुधबार मर्जर सम्झौता भएको हो ।