काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्नसकिने बताउनुभएको छ । प्रमुख साहले नेपालमा भएका सम्पदाहरु संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना देश अघि बढ्न नसक्ने बताउनुभएको छ । बुधबार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कर्मचारीको सहयोगविना देशको विकास हुन नसक्ने बताउनुभएको हो ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहतिको ‘नेपाल मिडिया काउन्सिल विधेया, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
रवीन्द्र उप्रेती बर्दिबास, भदौ २२ गते । जङ्गली हात्तीकाे एक जोडीले गौशाला नगरपालिका १० बटौवाका दुई घरमा क्षति गर्नुका साथै बालीनाली सखाप पारेको छ । हात्ती धपाउने क्रममा स्थानीय कामेश्वर यादवलाई सर्पले डसेपछि अर्को समस्या खडा भएको थियो । उहाँलाई राति नै बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको वडाध्यक्ष विष्णुकुमार महतोले जनाउनुभयो । स्थानीयका अनुसार मङ्गलबार साँझतिर लक्ष्मिनियाको जङ्गलमा देखापरेका हात्तीले रातको समय बस्ती प्रवेश गरी पहिले पूजन महतो र त्यसपछि छिमेकी जयवीर महतोको घर भत्काएकाे थियो । भित्र प्रवेश गरेका हात्तीले अन्नपातसमेत खानुकाे साथै भुइँभर छरेर नष्ट पारेको पीडितले जनाएका छन् । महिला तथा बालबालिकालाई राति नै सुरक्षितस्थलतर्फ पठाइएको वडाध्यक्ष महतोले जनाउनुभयो । जतिसुकै गर्दा पनि हात्तीले गाउँ छाड्ने मनसाय नदेखाएपछि स्थानीयले प्रहरी गुहारेका थिए ।कान्तिबजार प्रहरी पोष्टका असई शम्भु सिंहका अनुसार टर्च र दर्जन जति मोटरसाइकलको लाइट बालेपछि हात्ती पश्चिमतर्फ लागेका थिए । अहिले ती जोडी सागरनाथ वनविकास परियोजनाको जङ्गल हुँदै सर्लाहीतर्फ लागेको अनुमान गरिएको छ ।गाउँले र प्रहरीको लामो प्रयासपछि बुधबार बिहान ३ बजेतिर पश्चिम लागेका हात्तीले बाटो छेउछाउका बालीनालीमा क्षति पु¥याएको छ । गाउँलेका अनुसार रामजतन महतोको ३ कट्ठाको धानबालीका साथै रामनारायण सहनीको २ कट्ठाको उखु खाई उखेलेर क्षति पु¥याएको छ । अघिल्लो रात सोही हात्तीका जोडीले बर्दिबास नपा-२ हङकङडाँडा र वडा नं ८ स्थित लोपचन टोल तथा भवसी टोलका नाै घरमा क्षति पुराएका थिए । प्रत्यक्षदर्शीका अनुसार बर्दिबासबाट निस्केका ती हात्ती मडाहा खोलाको बाटो हुँदै टौवा प्रवेश गरेका थिए ।
राष्ट्रियसभाका चार विषयगत समिति सभापति पदका लागि उम्मेदवारको नाम दर्ता भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समिति सभापतिको निर्वाचनका लागि चार जना सांसदले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
पाल्पामा पहिलो पटक रातो च्याउ (गानोडोर्मा) को व्यवसायिक उत्पादन तथा विक्री सुरु भएको छ । भैरव च्याउ उद्योग प्रालिले रातो च्याउको उत्पादन गरी विक्री सुरु गरेको हो । पाल्पाका २० जना युवा मिलेर पहिलो पटक गानोडोर्माको व्यावसायिक उत्पादन सुरु गरेको प्रालिका अध्यक्ष केशव कार्कीले बताउनुभयो ।
राप्ती नदीको बगरमा घाँस भएकाले किसानहरु झोलुङ्गे पुल तरेर त्यहाँ पुग्छन् तर भैँसी झोलुङ्गे नदीमा डुबुल्की मार्दै पुग्छन् । दाङको लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर, कश्यपुर, खैरी, ढिकपुरको हो ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनको लागि प्रमुख आकर्षण रहेको बताउनुभएको छ ।
इन्द्रजात्रा आजदेखि विधिवत् रुपमा शुरु भएको छ । आज बिहान (बुधबार) ७:१७ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात विधिवत रुपमा इन्द्र जात्रा सुरु भएको मानिन्छ ।
नेपाली भूमी लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरुको सङ्ख्या आठ सय भन्दा बढी पुुगेको छ । गत भदौ ६ गतेयता पर्यटकहरु हुुम्ला भित्रिन सुुरु भएको थियो ।
खुला पानाजस्ता पर्वतहरूले सुसज्जित मेरो प्यारो नेपाल कलै कलाको रङ पोतिदिएझैं कलात्मक मेरो भूमि नेपाल ।
जिन्दगी पानी, जुन र घाम जस्तो दुःखमा अँध्यारो त सुखमा उज्यालो दुइटै एउटै सिक्काको दुई पाटा दुवैमा एउटाको कमी भए लाग्छ जिन्दगी अधुरो ।।
छायाँनाथ रारा नगरपालिका–१४ का चन्द्रलाल बुढाको रोजगारी भनेकै भेडा, बाख्रापालन व्यवसाय हो । उहाँ भेडा र बाख्राको उन हरेक वर्षको चैत र असोज महिनामा उन संकलन गर्नुहुन्छ । उहाँ मात्र होइन यहाँका अधिकांश स्थानीयको आयस्रोत नै यही हो ।
असारका बेफुर्सदिला दिन थिए । सुर्जे बूढाले अन्तिम सास वायुमण्डलमा छाड्दा दिउँसोको एक जति बजेको हुँदो हो । मध्यदिनको मरन भयो । गाउँका धेरै मानिस मेलापातमा थिए । खेतखेतमा भरमार रोपाइँ चलेको थियो । एकोहोरो शङ्खको कर्कश आवाज डाँडाबाट भुँवरी पर्दै कुनाकुनासम्म पैmलियो । गाउँलेले खेतखेतमा नारेका गोरु फुकाए । सबै जना काम गर्दागर्दैको हिलै लुगामा मलामा हिँडे ।