सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीसहित तीन जनाविरुद्ध एक लाख ९९ हजार ८९७ हजार भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
कुशे गाउँपालिकाले सुत्केरी, गर्भवती, एकल महिलासँग उपाध्यक्ष कार्यक्रम सुरु गरेको छ । सो अवसरमा चालु आर्थिक वर्ष २०७९–८० वार्षिक स्वीकृत कार्यक्रमअनुसार ९ वटै वडाका सुत्केरी, गर्भवती, एकल महिलालाई आवश्यक सामग्री वितरण गरिएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका –५ मल्कबाङको चरन क्षेत्रमा भेंडाको बथान । गर्मीयाम सुरु भएसँगै बेंसीका भेंडीगोठ पहाडतर्फ लैजाने तयारी गरिँदै छ । तस्बिरः कमल खत्री/रासस
कैलालीको गौरीगङ्गा नगरपालिकामा आज बुधबारबाट सुरु भएको गौरीगङ्गा गोल्डकपमा आयोजक गौरीगङ्गा –११ स्पोर्टस् क्लब विजयी भएको छ ।
सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ। यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर डिस्चार्ज हुनुभएको छ।
चैत ९ गते राति माङ्सेबुङ गाउँपालिका –५ को कार्यालयमा आगो लगाएको घटनामा संलग्न भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका दुई ठूला विकास साझेदार विश्व बैङ्क र एसियाली विकास बैङ्क (एडिबी) का प्रतिनिधिले छलफल गर्नुभएको छ ।
फिल्म 'नाइँ नभन्नू ल ६'को नयाँ गीत 'तलाउमा ढुङ्गा नहान' सार्वजनिक भएको छ ।
प्रहरीले मोरङबाट अर्कैको नाममा एसइई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार रुपियाँले बढेको जनाएको हो ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लील चलचित्रकी नायिकासँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो ।