तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन ।
म्याग्दीमा किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको छ । बेनी नगरपालिकाको छवटा वडालाई समेटेको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ। मधेश प्रदेशमा एसईई परीक्षा विगतभन्दा यस वर्ष मर्यादित देखिएको छ। तर केही परीक्षा केन्द्रमा नयाँ प्रविधिको माध्यमबाट परीक्षामा अमर्यादित कार्यहरू भइरहेको पाइएको छ। नयाँ प्रविधिको प्रयोग गरेर चिट चोराउने कार्यमा विद्यार्थी, अभिभावक र शिक्षकको संलग्नता पाइएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गर्नुभएको छ । वरिष्ठ उपाध्यक्षका तीन आकाङ्क्षी उमेशलाल श्रेष्ठ, रामचन्द्र सङ्घई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्व चयनको वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ । ढकाल आगामी साधारण सभाबाट स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ ।
अर्थ मन्त्रालयका सचिव तोयम रायले अर्थतन्त्रमा आन्तरिक रूपमा चाप कायमै भए पनि केही क्षेत्रमा सकारात्मक सुधार देखिएको बताउनुभएको छ । बुधबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै उहाँले पर्यटन आगमन, विपे्रषण आप्रवाह, जलविद्युत्जस्ता क्षेत्रमा सुधार आएको बताउनुभएको हो । “अर्थतन्त्र अहिले पनि आन्तरिक रूपमा वित्तीय दबाबमा रहेको र अहिले आन्तरिक रूपमा समस्या भए पनि यी क्षेत्रमा आएको सुधारले अर्थतन्त्रलाई सहयोग पुग्ने देखिन्छ,” उहाँले भन्नुभयो ।
कोशी प्रदेश सरकारले पूर्वाधार विकाससँग सम्बन्धित आयोजनाको भुक्तानी गर्न अपुग रकम सङ्घीय सरकारसँग माग्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारसँग तीन अर्ब ४८ करोड ३६ लाख रुपियाँ माग गर्ने निर्णय गरेको हो।
दुहबी नगरपालिकाका महिला जनप्रतिनिधिलाई उपेक्षा गरिएको भन्दै वडाध्यक्षविरुद्ध ज्ञापनपत्र बुझाइएको छ। एउटै निर्वाचन प्रक्रियाबाट जितेर आएको भए पनि वडाध्यक्षले आफूखुसी गर्ने र महिला सदस्यलाई उपेक्षा गरेको आरोप लगाउँदै दुहबीका महिला सदस्यले नपाको हरेक निर्णयमा अर्थपूर्ण सहभागिताको मागसहित नगरप्रमुख वेदनारायण गच्छदारलाई ज्ञापनपत्र बुझाएका हुन्। वडाको बैठक पारदर्शी गर्नुपर्ने, नेमप्लेटसहित कुर्सीको व्यवस्था गर्नुपर्ने, बैठकमा आफूहरूको उपस्थिति अनिवार्य हुनुपर्ने, हस्ताक्षर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानमा लामो समयदेखि विद्यमान खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारको तर्फबाट सकारात्मक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। धरानको खानेपानी समस्या समाधानका लागि आफू सकारात्मक रहेको र सरकारको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने आश्वासनसमेत दिनुभएको छ।
नेपालमा अनुदान थप्न अमेरिकाले इच्छा देखाएको छ । मिलिनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)मार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बुधबारको भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डेयन आर थमसनले उक्त कुरा बताउनुभएको हो ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। आयोगले आउँदो वैशाख १० गते तीनवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवारको खर्च सीमा निर्धारण गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चितवन–२ र बारा–२ मा उम्मेदवारले २९ लाख रुपियाँ तथा तनहुँ–१ मा ३१ लाख रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको जानकारी दिनुभयो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन) आलुको आर्थिक सहयोगमा चक्लाबन्दी गरिएको जमिनमा इँटाको खलो बनाएको पाँचखाल नगरपालिकाले स्वीकार गरेको छ । पाँचखाल नगरपालिकाको कृषि शाखाले समाचार प्रकाशित भएपछि कृषि शाखा प्रमुख अधिकारीको नेतृत्वमा भएको स्थलगत निरीक्षणपछि चक्लाबन्दी गरिएको २८ रोपनी जग्गा इँटा पार्न दिइएको पाइएको उहाँले बताउनुभयो । तर, सो स्थानको माटो भने प्रयोग नगरेको र अन्यत्र स्थानबाटै माटो ल्याएर इँटा पारिएको पाइएको स्पष्ट पार्नुभयो ।
अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन –२०२३ को आयोजना हुनेभएको छ । खेलकुद दिवसको अवसरमा विहीबार नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकूद परिषदको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिता आयोजना हुन लागेको हो ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पेरिस ओलम्पिक २०२४ को एसिया छनोटको पहिलो खेलमा बलियो भियतनामसँग पराजित भएको छ ।
ताप्लेजुङमा बुधबार भएको परम्परागत चोयाको डोको बुन्ने प्रतिस्पर्धामा फुङ्लिङ नगरपालिका –९ का धनबहादुर गुरुङ प्रथम हुनुभएको छ । दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सवको अवसरमा गरिएको डोको बुन्ने प्रतिस्पर्धामा गुरुङ प्रथम हुनुभएको हो ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले आफ्नो क्षेत्रका ३० जना अगुवा कृषकलाई माहुरीपालनसम्बन्धी तालिम प्रदान गरेको छ ।