• २८ वैशाख २०८१, शुक्रबार

दिवंगत महारानी एलिजावेथकाे चिरशान्तिको कामना

blog

पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तस्विर – कविता थापा (गाेरखापत्र)

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ २६ गते । संयुक्त अधिराज्य (बेलायत) का महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएकोमा नेपाल सरकारले गहिरो दुः ख व्यक्त गरेको छ ।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ २४ गते बसेको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

यस्तै, ‘स्वर्गीय महारानीको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै यस दुः खद घडीमा बेलायत सरकार, बेलायती जनता र शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ ।’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

स्वर्गीय महारानीको सम्मानमा नेपालमा तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने र यस सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने कुरा पनि उल्लेख छ ।