नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालमा नेकपा नाम जोडेका कम्युनिस्ट धेरै भए पनि असल कम्युनिस्ट नेकपा (एमाले) भएको बताउनुभयो ।
लक्ष्मी बैङ्कले रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–३, झुल्नेटामा बुधबारबाट एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैङ्कको झुल्नेटा शाखाले १८०औँ एटीएम सेवाका रूपमा उक्त सेवाको शुभारम्भ गरेको जनाएको छ ।
कुनै पनि मुलुकमा अध्ययन संस्कृतिले जाग्रत चेत भएको जनशक्ति निर्माणका निम्ति उल्लेख्य योगदान दिन्छ । निरन्तरको अध्ययन र पठन प्रवृत्ति प्रत्येक मानिसका निम्ति आफैँमा बौद्धिक खुराक हो । दुर्भाग्य नै भन्नुपर्छ यता आएर भने खासगरी नेपाली युवामा अध्ययन संस्कृतिमा निरन्तर ह्रास आएको स्पष्ट महसुुस गर्न सकिन्छ ।
सन् १९९१ मा सर्गेई क्रिकलेभ अन्तरिक्ष यात्रामा निस्किएका थिए तर उनी अन्तरिक्षमा धेरै लामो समय अड्किए । सोभियत सङ्घ विघटन भएपछि मात्र उनी तीन सय दिन अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किए । के भएको थियो ती अन्तरिक्षयात्री क्रिकलेभलाई ?
विद्यालयको परीक्षाफललगायतका तथ्याङ्क अनलाइन दर्ता गर्न बैतडीका शिक्षकहरू अग्लो डाँडामा पुग्ने गरेका छन्। इन्टरनेट र टेलिफोनले काम नगर्दा शिक्षकहरू ल्यापटप बोकेर कागजातसहित अग्लो डाँडामा पुग्ने गरेका हुन्। पाटन नगरपालिका–७, भुवनेश्वर आधारभूत विद्यालयका शिक्षक पुष्करसिंह साउद र उदयदेव मावि किम्तोलीका शिक्षक भानसिंह पेला इन्टरनेटको खोजी गर्दै नियमित अग्लो डाँडामा पुग्नुहुन्छ।
प्रदेश सभा बैठकको विशेष समयमा प्रदेश सभा सदस्यले विकास निर्माणका काम द्रुत गतिमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभा सदस्यले मन्त्रीले आफ्नो ठाउँमा मात्रै योजना पठाउने गरेको, जथाभाबी रकमान्तर गरेको भन्दै सरकारको आलोचना गरेका थिए । प्रदेश सभा सदस्य सुरेश अधिकारीले आफूखुसी काम नगर्न मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले जथाभाबी बजेट रकमान्तर नगर्न र समान रूपमा योजना तथा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।
नेपालगञ्जस्थित भेरी अस्पतालको एआरटी सेन्टरमा नियमित औषधि सेवन गर्दै आएका एचआईभी सङ्क्रमित महिलाबाट जन्मिएका पाँच जना शिशु सङ्क्रमणमुक्त रहेको पाइएको छ। पछिल्लो डेढ वर्षयता सङ्क्रमितबाट जन्मेका १८ महिनाभन्दा कम उमेरका पाँच जना शिशु पूर्ण स्वस्थ र सङ्क्रमणमुक्त रहेको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताउनुभयो। उहाँका अनुसार अस्पतालबाट नियमित औषधि सेवन गर्दै आएकामध्ये पाँच जना आमाबाट जन्मिएका १८ महिनामुनिका शिशु एचआईभी सङ्क्रमणमुक्त रहेका छन्।
निर्माण व्यवसायीसँगै स्थानीय सरकारको लापरबाहीका कारण घोराही उपमहानगरपालिका क्षेत्रको सडक तथा अन्य विकास निर्माणका योजनाको प्रगति शून्यजस्तै छ । उपमहानगरपालिकामा सडक विस्तारसँगै कालोपत्रे गर्ने, भवन तथा नाला निर्माणलगायत दर्जनभन्दा बढी योजना पटक–पटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेका छैनन्।
जीवनको मूल आधार नै कृषि हो । कृषि उत्पादनबाटै खाद्यान्नको आपूर्ति हुन्छ, कृषि उत्पादन नबढे भोकमरी लाग्छ । विश्वका कैयौँ देश बेलाबेलामा भोकमरीको चपेटामा पर्ने गरेका छन् । नेपालमै करिब ४६ लाख जनसङ्ख्याले खाद्य अभावको सामना गरिरहेको तथ्याङ्क छ । राज्यले आफ्नो दायित्वपूर्वक अनुदानमा खाद्यवस्तु पठाउँछ । झन्डै चार दशकअघिसम्म खाद्यवस्तु आयात निर्यातमा नाफामा रहेको नेपालले पछिल्लो अवस्थामा खाद्य अपुग भएर आयात गर्नु परेको छ । किन्न सक्ने क्षमता पनि नभएर अनुदानमा खाद्यान्न सहयोग हात थाप्नु परेको छ ।
नेपालको अर्थतन्त्रमा कोभिडले पारेको प्रभाव शिथिल हुनासाथ रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै खल्बल्यादियो । यसको बाछिटाले नेपालजस्ता अतिकम विकसित देशका लागि झनै असर पारिरहेको छ । नेपाल मूलतः परनिर्भर देश हो । हाम्रो राष्ट्रिय बजेटको ठूलो अंश वैदेशिक स्रोत र आयातमा आधारित छ । कोरोनाले शिथिल बनाएका सहयोगी राष्ट्रबाट पनि पूर्ववत् रूपमा उपलब्ध भएजस्तो गरी अनुदान तथा ऋण प्राप्त हुने गुन्जायस छैन । किनकि ती देशको अर्थतन्त्रमा पनि कोभिड तथा अहिले भइरहेको
हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका सामुदायिक विद्यालयद्वारा राष्ट्रिय कार्यक्रमका रूपमा राष्ट्रव्यापी भर्ना अभियान सञ्चालन गरिँदै आएको छ । यद्यपि भर्ना अभियानबाट अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन । अझै पनि गरिब, सीमान्तकृत र पिछडिएका वर्गका बालबालिका शिक्षाको मूलधारमा समाहित हुन सकेका छैनन् ।
म्यान्मारको जुन्ता सरकार जसरी पनि प्रजातन्त्र र प्रजातान्त्रिक विचारधारालाई मास्ने षड्यन्त्रमा लागेको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई विभिन्न अभियोग लगाई ३३ वर्ष जेलमा हालेको जुन्ता सरकारले उहाँको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) विघटन गरिदिएको छ । गएको मार्च २८ मा दल दर्ता गर्नुपर्ने अन्तिम समयसीमा थियो । त्यसअगावै जुन्ता सरकारले एनएलडीसहितका दर्जनभन्दा बढी प्रजातान्त्रिक धारका पार्टीलाई विघटन गरिदिएपछि ती दल दर्ता हुन पाएनन् ।
भ्रष्टाचार मुलुकको चुनौतीपूर्ण समस्या हो । भ्रष्टाचारको बढ्दो प्रवृत्तिले समाज एवं राष्ट्रको प्रतिष्ठामा ह्रास आएको छ । मुलुकमा गरिबी, आर्थिक असमानता, राज्यस्रोतको उच्च दुरुपयोग, अराजकता, सामाजिक एवं आर्थिक विकृति, मूल्यवृद्धिलगायतको प्रतिकूल अवस्था विद्यमान छ । राजनीतिक एवं प्रशासनिक पदाधिकारी, बिचौलिया, उपभोक्ता समिति, सरोकारवालालगायतको मिलेमतोमा हुने भ्रष्टाचार क्रमशः सङ्गठित हुँदै गएको छ । यसले मुलुकको समग्र विकासमा सङ्कुचन ल्याउनुका साथै सामाजिक न्यायलाई कुण्ठित गर्दै लगेको महसुस भएको छ ।
तनहुँको व्यास नगरपालिका–१०, डिहीगाउँको कुसुन्डा परिवारकी इन्द्रमायालाई सरकारी जागिर खाने ठूलो इच्छा छ। पढ्न लेख्न नआए पनि आफ्नो क्षमताअनुसारको सरकारी जागिरका लागि उहाँले चिनजानका जनप्रतिनिधिसँग पटक–पटक हारगुहार गरिरहनुभएको छ। आफू र छोरीसहितको दुई जनाको परिवार चलाउन उहाँलाई आर्थिक अभाव पनि हुने गरेको छ।
पशु चौपायामा लगाउने गरिएको खोप कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ। पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ लागू गरिएको खोप कार्यक्रमले कास्कीका किसान खुसी भएका छन्।